Comments Add Comment

रियल मड्रिडको जितमा करिम बेन्जिमाको दुई गोल

१४ माघ, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा स्पानियोलमाथि सहज जित निकालेको छ ।

स्पानियोललाई उसैको घरेलु मैदानमा रियल मड्रिडले आइबार राति ४–२ गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमाले गोल गोल गरे । त्यस्तै, सर्जियो रामोस र ग्यारेथ बेलले समान १–१ गोल गरे । यता, स्पानियोलका लागि रोबेर्टो रोसेल्स र लियो बाप्टिस्टायोले गोल गरे ।

खेलको चौथो मिनेटमा नै बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा रामोसले गोल गर्दै रियललाई दोब्बर अग्रता दिलाएका थिए । खेलको २५औं मिनेटमा बाप्टिस्टायोले गोल गर्दै स्पानियोललाई २–१ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, पहिलो हाफको अतिरिक्त समयमा बेन्जिमाले गोल गर्दै पहिलो हाफसम्म रियललाई ३–१ गोलको अग्रता दिलाएका थिए ।

त्यस्तै ८१ औं मिनेटमा बेलले गोल गर्दै रियललाई ४–१ गोलको अग्रता दिलाएका थिए । यता, स्पानियोलका लागि ८१औं मिनेटमा रोबेर्टोले गोल गर्दै ४–२ को स्थितिमा पु¥याएपनि रियललाई रोक्न भने सकेनन् ।

जितसँगै रियल मड्रिडले २१ खेलबाट ३९ अंक बनाएको छ भने तेस्रो स्थानमा पनि उक्लिन सफल भएको छ । पराजित स्पानियोलको भने २१ खेलबाट २४ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment