+
+

वीरगञ्जमा झाडु लगाउँदै मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १४ गते १३:३१

१४ माघ, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार बिहान वीरगञ्जको सडकमा झाडु लगाएका छन् । मुख्यमन्त्री स्वच्छता अभियानको शुभारम्भ गर्दै वीरगञ्जको सडकमा उनले झाडु लगाएका हुन् ।

प्रदेश २ को सरकारले ‘स्वच्छ मधेस, समृद्ध प्रदेश’को नारासहित मुख्यमन्त्री स्वच्छता अभियानको शुभारम्भ वीरगञ्जबाट गरेको हो । मुख्यमन्त्रीसहितको टोलीले घण्टाघर, माइस्थान, आदर्शनगर विर्ता, नारायणी अस्पताल क्षेत्र हुँदै छपकैयासम्म सरसफाइ गरेको सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।

‘वीरगञ्ज महानगर प्रथम सरसफाइ महाजागरण अभियान’ नाम दिइएको कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले मुख्यमन्त्री राउतले मानिसको पहिलो आवश्यकता स्वास्थ्य र सरसफाइनै भएको बताए ।

उनले वीरगञ्ज नगरबासीलाई घरआँगन सफा राख्न आग्रह गरे । ‘मानिस स्वस्थ भएमात्रै गुणस्तरीय शिक्षा दिन सकिने र दक्ष जनशक्ति उत्पादन हुन्छ । प्रत्येक व्यक्ति र परिवारले स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राख्नुपर्छ’ उनले भने ।

मानव विकास सूचकांकमा पछि परेको प्रदेश २ लाई समृद्ध बनाउन स्वच्छ मधेसको आवश्यकता देखेर अभियान थालिएको उनको भनाइ छ ।

प्रदेशका छोरीचेलीहरुको भविष्य सुरक्षित गर्नकै लागि प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ ‘छोरी जीवन वीमा’ लगायतका अभियान पनि ल्याएको बताउँदै मुख्यमन्त्री राउतले फागुन ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्जबाटै ती अभियानको औपचारिक शुरुवात गर्ने बताए ।

प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियानका लागि मात्रै २० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका ८ वटै जिल्लामा सञ्चालन हुने अभियानको मुख्य उद्देश्य भनेको सरसफाइबाट स्वस्थ नागरिक उत्पादन गर्ने नै रहेको अभियानका प्रदेश संयोजक सलाउद्दिन अहमदले बताए ।

‘अभियानमार्फत नागरिकलाई पूर्ण सरसफाइ तर्फ अग्रसर गराउने, खुल्ला दिसामुक्त अभियानमा सहयोग पु¥याउने, साबुन पानीले हात धुन सिकाउनुको साथै पोखरी, सिमसार क्षेत्रको सफाइ र संरक्षणको काम पनि अभियान मार्फत हुन्छ,’ उनले भने, ‘सरसफाइमार्फत स्वस्थ नागरिक उत्पादन गर्नु नै अभियानको मुख्य उद्देश्य हो ।’

वीरगञ्ज महानगरपालिकाको सरसफाइका लागि वीरगञ्जमा एक महिनाभित्रै एउटा कार्यशालाको आयोजना गरेर रणनीति तयार गर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?