Comments Add Comment

माननीय बन्ने भए दीपक मनाङे, सपथको तयारी

१४ माघ, काठमाडौं । दिपक मनाङे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिने भएका छन् ।

गण्डकी प्रदेशका प्रदेशसभा सभामुखले मनाङेलाई सपथ खुवाउने तयारी गरेका हुन् । सपथ आजै हुनेछ ।

मनाङ्गे मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो । तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएनन् ।

उनले करिव ८ महिना जेल बसे । पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment