+
+

शहीद दिवसमा गण्डकी प्रदेशले बिदा दिएन, शुभकामना दियो

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १५ गते १९:०६

१५ माघ, पोेखरा । गण्डकी प्रदेश सरकारले शहीद दिवसको अवसरमा माघ १६ गते बिदा दिएको छैन ।

केही प्रदेशले बिदा दिएको र केही प्रदेश अन्योल रहेका बेला गण्डकी सरकारले बिदा नदिएको शुभकामना दिएको छ । तमु ल्होसार र माघे सक्रान्तिमा गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको थियो ।

मन्त्रिपरिषदको बैठक बस्न नपाएकाले बिदाबारे छलफल तथा निर्णय गर्न नसकिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । ‘मन्त्रिपरिषदको बैठक बस्न सकिएन र त्यस विषयमा छलफल हुन पाएन,’ सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘सार्वजनिक बिदा दिन नसकिए पनि सदैव शहीदको सम्मान र स्मरण गरिरहनेछौं ।’

गएको अन्तर प्रदेश परिषदको बैठकबाट प्रदेशले ६ दिन बिदा दिन पाउने ब्यवस्था भएको थियो । त्यसयता गण्डकी प्रदेशले २ दिन सार्वजनिक बिदा दिइसकेको छ । गण्डकी प्रदेशले आवश्यकताअनुसार सबैको सम्मान हुने गरी बिदा दिने बताएको थियो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक विज्ञप्ति जारी गर्दै शहीदको सम्मानमा शुभकामना व्यक्त गरेका हुन् । देश र जनताका लागि आफ्नो अमूल्य जीवन वलिदान गर्ने सम्पूर्ण ज्ञात, अज्ञात महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको मुख्यमन्त्रीको विज्ञप्तिमा छ ।

‘जहानिया राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान शहीद तथा प्रजातन्त्र पुनः स्थापना एवं संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्ने सम्पूर्ण वीर सपूतहरू सदा हामी सबैका पथप्रदर्शक र आदर्श व्यक्तित्वका रुपमा रहिरहनु हुनेछ,’ मुख्यमन्त्रीले विज्ञप्तिमार्फत बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?