Comments Add Comment

कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा लागेको ताला खुल्यो

१६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा अनेरास्ववियु क्रान्तिकारीले लगाएको ताला बुधबार खुलेको छ । कृषि तथा पशुविज्ञान अध्ययन संस्थान डीन कार्यालय र विद्यार्थी संगठनहरुबीच बुधबार भएको छलफलबाट ५ बुँदे सहमति भएपछि ताला खुलेको हो ।

अखिल क्रान्तिकारीले प्रवेश परीक्षाको नतिजाअनुसार कोटा भर्नामा कतिपय विद्यार्थीले भर्ना नै हुन नपाउने अवस्था सिर्जना भएको, प्रवेश परीक्षा र नतिजा सार्वजनिक गर्दा विद्यार्थीलाई थाहा दिनुपर्ने र छात्रवृत्ति पारदर्शी गर्नुपर्ने माग राखेर माघ ८ गते देखि तालाबन्दी गरेको थियो ।

अहिले उक्त माग पूरा गर्न संस्थानको डीन कार्यालय सहमत भएपछि ताला खुलेको उक्त संगठनले जनाएको छ । छलफलमा त्रिविको सम्बन्धनप्राप्त क्याम्पसमा पनि सरकारी निर्णयअनुसारको १० प्रतिशत छात्रवृत्ति यसै वर्षदेखि लागू गराउन प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ । आरक्षण कोटको भर्नाबाट वञ्चित विद्यार्थीको पनि निवेदन माग गरी विभिन्न क्याम्पसमा उनीहरुलाई भर्ना गराउन डिन कार्यालय सहमत भएको छ ।

छलफलमा कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका डीन प्रा डा केशवराज अधिकारी, सहायक डीनहरु प्रा.डा गोपालबहादुर केसी, सरोजराज मिश्र र विमलकुमार लाल कर्ण,  अखिल क्रान्तिकारीका उपाध्यक्ष दीपक देवकोटा, केन्द्रीय सदस्य तिलक उपाध्याय, अनेरास्ववियु त्रिवि क्याम्पस कमिटीका अध्यक्ष मदन विष्टलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment