Comments Add Comment

टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले यूएईसँग खेल्दै

१७ माघ, काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज नेपालले घरेलु टोली यूएईसँग पहिलो खेल खेल्दैछ ।

तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ ।

नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउसो २ बजेर ४५ बजे सुरु हुनेछ । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २-१ ले पराजित गरेको नेपाल टी-ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा छ ।

यता, यूएई पनि नेपाललाई पराजित गर्दै टी-ट्वान्टी क्रिकेटको सिरिज जित्न चाहन्छ ।

यो पनि पढ्नुहोस् 

नेपाल बलियो कि यूएई ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment