Comments Add Comment

कांग्रेसको विरोधका बाबजुद राष्ट्रियसभा चिकित्सा शिक्षा विधेयकमाथि छलफल

१७ माघ, काठमाडौं । नेपाली कांग्रेसको विरोधका बाबजुद बिहीबार राष्ट्रियसभा बैठकमा चिकित्सा शिक्षा विधेयकमाथि छलफल सुरु भएको छ ।

बिहीबारको बैठकमा कांग्रेस सासदहरु उठेर विरोध गरिरहेको अवस्थामा अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छलफलका लागि पेश गरेका हुन् ।

राष्ट्रियसभा बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले समय लिएर बोल्दै केसीसँग वार्ता गर्न आग्रह गरे । उनले आजैका दिनदेखि वार्ता टोली गठन गरेर केसीसँग वार्ता गर्न आग्रह गरे ।

उनले प्रतिनिधिसभाभन्दा राष्ट्रियसभा परिपक्व भएकाले चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने बताए । सांसद देवले विधेयकलाई विधायन समितिमा पठाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment