Comments Add Comment

नेपालले टस जित्यो, यूएईलाई ब्याटिङको निम्तो

१७ माघ, काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाले टस जितेर बलिङ रोजेको छ ।

नेपालले बलिङ गर्ने भएसँगै यूएईले ब्याटिङ गर्ने भएको छ । तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा शतप्रतिशत जित हात पार्ने लक्ष्य बनाएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा खेल केहीबेरमा सुरु हुदैछ ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा छ ।

यता, यूएई पनि नेपाललाई पराजित गर्दै टी–ट्वान्टी क्रिकेटको सिरिज जित्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment