+
+

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए दुई विकेट

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १८ गते १५:०२

१८ माघ, काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

टस जितेर ब्याटिङ गरेको यूएईले सुरुवाती समयमै महत्वपूर्ण दुई विकेट गुमाएको हो । दोस्रो विकेटको रुपमा घुलाम शब्बरलाई ६ रनमा यूएईले गुमाएको हो । यसअघि आफ्नो पहिलो ओभरको अन्तिम बलमा अश्फाक अहमदलाई चार रनमा गुमाएको थियो ।

यूएईका महत्वपूर्ण दुबै विकेट नेपालका सोमपाल कामीले लिएका छन् ।

तीन ओभरको समाप्तिमा यूएईले दुई विकेटको क्षतिमा १२ रन बनाएको छ ।

आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिमबाट रोहितकुमार पौडेल र बसन्त रेग्मी आउट हुदा ललितनारायण राजवंशी र पवन सर्राफ टिममा परेका छन् । पवनको यो टी-ट्वान्टी क्रिकेटमा डेब्यु पनि हो ।

तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?