Comments Add Comment

मलाई मल्टिस्टार वा सोलो फिल्मले महत्व राख्दैनः स्वस्तिमा खड्का

चलचित्र ‘बुलबुल’ हेर्नका लागि दर्शकलाई हलसम्म तान्नुपर्ने अवस्थामा छिन्, नायिका स्वस्तिमा खड्का । किनकी, यसअगाडि उनले अभिनय गरेका चलचित्रमा थुप्रै नाम चलेका कलाकार हुन्थे, जसलेगर्दा चलचित्रको व्यापारिक भार उनीमाथि खासै पर्दैनथ्यो । तर, यसपटक भने उनलाई चलचित्रको व्यवसायले पनि असर गर्नेछ ।

तर, स्वस्तिमा यो कुरा मान्न तयार छैनन् । उनले भनिन्–‘आफूले काम गरेको चलचित्र चल्दा खुशी त लागिहाल्छ । किनकी, चलचित्र चल्दा निर्माता सुरक्षित हुन्छन् । चलचित्र जती चलेपनि मलाई बोनस आउने त होइन ।’ स्वस्तिमाले अभिनय गरेका अधिकांश चलचित्र सफल छन्, जसमा मल्टिस्टार कलाकार छन् । ‘नाई नभन्नु ल ५’ होस् या ‘छक्का पन्जा २’, यी दुबै चलचित्र स्वस्तिमाकै कारणले मात्र चलेका होइनन् ।

स्वस्तिमा आफूले काम गर्दा मल्टिस्टार वा सोलो भनेर नहेर्ने बताउँछिन् । उनी भन्छिन्–‘कहिले म मल्टिस्टार वा सोलो चलचित्र भनेर हेर्दिनँ । उनले आफ्नो काम हेरेर दर्शक तथा विभिन्न क्षेत्रका व्यक्तिले दिएको प्रशंसा नै आफ्ना लागि ठूलो कुरा भएको बताइन् ।

स्वस्तिमाले एउटा कलाकार भैसकेपछि चलचित्रमा फरक भूमिका देखाउन पाउँदा नै खुशी लाग्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment