Comments Add Comment

एनसेलको कर छलेको भन्दै विप्लवका विद्यार्थीको प्रर्दशन

२० माघ, चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठनले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कर छलेको भन्दै आइतबार भरतपुरमा प्रदर्शन गरेको छ ।

भरतपुरको चौबिसकोठीमा भएको विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रमेश लामिछानेले सरकार विदेशी कम्पनीसँग निरीह भएर बसेको आरोप लगाए । ७२ अर्ब कर छल्दा पनि सरकार टुलुटुलु हेरेर बसेको भन्दै उनले सरकारको कडा आलोचना गरे ।

नेपाली कम्पनीलाई प्रोत्साहन गर्नुको साटो सरकारले विदेशी कम्पनीलाई हावी हुने मौका दिएको भन्दै उनले आक्रोश व्यक्त गरे । पक्राउ परेका नरेन्द्र विश्वकर्माको रिहाइको समेत प्रर्दशनकारीहरुले गरेका छन् ।

त्यस्तै, क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य बद्री अधिकारीले एनसेलले समयमै कर नबुझाए देशभर रहेका उसका टावरहरू ध्वस्त पारिने चेतावनी समेत दिए ।

विरोध कार्यक्रममा सहभागीहरूले एनसेल बहिस्कार गरौं, भ्रष्टचारको अन्त्य गरजस्ता नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment