Comments Add Comment

विमानस्थलमा यात्रुबाट जफत आईफोनदेखि क्रिकेट ब्यागसम्म लिलामीमा

२१ माघ, काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुबाट जफत गरेको विभिन्न मालवस्तु लिलामी गर्न सूचना निकालेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २ करोड ७ लाख मूल्य बराबरका वस्तुको लिलामी प्रक्रिया अघि बढाएको हो ।

लिलामी गर्न लागिएका समानमा रक्सीदेखि क्रिकेट ह्यान्ड ब्यागसम्म छन् । स्मार्ट वाच १५८३ थान, कार्बन जम्बो मोबाइल के ९ १९८० थान, कार्बन के ८८ मोबाइल ४०० थान, ड्रोन क्यामेरा ३ थान, लिथियम व्याट्री ३६० थान छन् ।

यस्तै विभिन्न मितिमा जफत भएका ३१७ बोत्तल, ४६९ बोत्तल, ५८४ बोत्तल, ८४१ बोत्तल, २६५ बोत्तल विभिन्न ब्राण्डका रक्सी रहेका पनिलिलामी सूचीमा छन् । विभिन्न ब्राण्डमा ह्वीस्की १७५ बोत्तल र अन्य ब्राण्डका रक्सी २६६ बोत्तल ३४ बक्सा चुरोट (१७००० बट्टा) पनि छन् ।

यस्तै टे्रकिङ गुड्स ११४० जोर जुत्ता, आइफोन सिक्स र आइफोन सिक्स प्लस २६ थान, यार्सागुम्बा ७२६ ग्राम, मोटर ट्रान्सर्फमर ३ पीस र ईएफटी पिओस थर्मल ५०० थानको समेत लिलामीमा छ ।

१५० थान क्रिकेट हृयाण्ड व्यागसमेत लिलामी गर्न लागिएको छ । फागुन ६ गतेसम्म रित पुगेको निवेदन दिनेहरुले बढाबढ लिलामीमा भाग लिन पाउनेछन् ।

चुरोट मदिराको लिलामीका लागि अन्तशुल्कको इजाजत लिएको थोक बिक्रेता अनिवार्य गरिएको छ । यस्तै भ्याट चुक्ता गरेको प्रमाणपत्र पनि हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment