Comments Add Comment

असन्तुष्ट समूहले ब्यूँतायो राप्रपा प्रजातान्त्रिक

२२ माघ, काठमाडौं । दीपक बोहोरासहित असन्तुष्ट नेताहरुले राप्रपा प्रजातान्त्रिक ब्यूँताएका छन् ।

पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच १८ माघमा पार्टी एकता भएको थियो । एकीकृत पार्टीको नाम राप्रपा संयुक्त राखिएको छ ।

तर, एकता प्रक्रियाप्रति असन्तुष्ट दीपक बोहोरा, प्रदीप उदयलगायतका नेताहरुले भेला गरेर राणा र लोहनीको पार्टी एकता नभई नयाँ पार्टी गठन भएको ठहर गरेका छन् । भेलामा ८२ जना सहभागी रहेको उपाध्यक्ष उदयले बताए ।

भेलाले राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीबीच एकता गर्नुपर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment