Comments Add Comment

माल्दिभ्स जाने नाममा ठगिएपछि पैसा असुल्न बालिकाको अपहरण

११ माघ, काठमाडौं । वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिने प्रलोभनमा पर्दा ठगिएपछि रकम असुलीका लागि २ वर्षीया बालिका सन्दिज्ञा शाहको अपहरण भएको खुलेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले अपहरण आरोपमा मुख्य नाइके जनकपुर–४ की ३७ वर्षीय मनिषकुमार गुप्तालाई पक्राउ गरेसँगै कारण खुलेको हो ।

अनुसन्धान अधिकारीहरुका अनुसार गुप्ताले केहीअघि रोजगारीका लागि माल्दिभ्स जानका लागि छिमेकी बब्लु श्रेष्ठलाई २ लाख ५० हजार रुपैयाँ दिएका थिए ।

तर, लामो समयसम्म पनि विदेश नपठाएपछि उनले आफ्नो रकम फिर्ता माग्न थालेका थिए । ‘मैले पैसा माग्न थालेपछि बब्लुले कर्ण (अपहरित बालिकाकी बुबा) ले पैसा लगेको भने’, मनिषले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा भनेका छन्, ‘त्यसपछि उनीसँग पैसा माग्न थालेँ । तर, नदिने छाँटकाँट देखेपछि बाध्य भएर उठाएको हुँ ।’

यो पनि पढ्नुहोस चिकित्सककी दुई वर्षीया छोरी अपहरण गरेको आरोपमा पक्राउ

११ माघमा उनले बालिकालाई कोटेश्वर, खरिबोटस्थित घरमा खेलिरहेको अवस्थामा अपहरण गरेर गौशालाको तिलगंगा क्षेत्रमा लगे । त्यसक्रममा उनले परिवारसँग फिरौती वापत आफ्नो डुबेको रकम माग गरेका थिए ।

त्यसको केहीबेरमै प्रहरीले बालिका अपहरणमा परेको खबर पाइसकेको थियो र प्रहरीसँग समन्वयमा बालिकाको परिवारले १ लाख २५ हजार रुपैयाँ जनकपुर पठाउँछ । जुन रकम श्रीमती २२ वर्षीया अर्चनाकुमारी गुप्ताले पाएको खबर पाउने बित्तिकै उनी बालिका छाडेर भाग्छन् ।

तर, जनकपुरमा उनकी श्रीमतीलाई नियन्त्रणमा लिन प्रहरी तैनाथ हुन्छ । उनी पक्राउ परेपछि अपहरणको थप रहस्य खुलेको थियो । अहिले प्रहरीले दुवै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिरहेको छ ।

उद्देश्य जे भए पनि सोच्नै नसकिने अपराध : प्रहरी

काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले अपहरणको पछि जे उद्देश्य भए पनि त्यो सोच्नै नसकिने अपराध भएको बताउँछन् ।

‘यो कार्य कानुन विपरीत छ । र, कारबाही हुन्छ’, उनले अनलाइनखबरसँग भने, ‘लेनदेनको जुन विवाद छ, त्यसमा पनि छुट्टै कारबाही र अनुसन्धान हुन्छ ।’

उनले लेनदेनको विषयमा पनि सम्बन्धी व्यक्तिसँग सोधपुछ र बयान लिने काम थालिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment