Comments Add Comment

रोजगार संयोजक नियुक्तिका लागि काठमाडौंमै परीक्षा हुने

मन्त्रालय भन्छ- निश्पक्ष हुनेमा शंका गर्ने ठाउँ छैन

२३ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहहरुमा नियुक्त गर्न लागेको रोजगार संयोजकको परीक्षा काठमाडौंमै गर्ने भएको छ । यसअघि सम्बन्धित प्रदेशको राजधानीमै हुने भनिएको परीक्षा मन्त्रालयले काठमाडौंमै गर्न लागेको हो ।

सातवटै प्रदेशमा गर्ने भनिएपनि सबै प्रदेशमा एकैचोटी परीक्षा लिन कम्प्युटर उपलब्ध नहुने भएकाले काठमाडौंमा गर्न लागिएका मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक समेत रहेका सहसचिव दाहालले भने, ‘हामीले कम्प्युटरबाट एकैचोटी सबैको परीक्षा लिन्छौं, त्यसका लागि आवश्यक पर्ने कम्प्युटर प्रदेशमा नपाउने भएपछि काठमाडौंको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा लिने तयारी गरिरहेका छौं ।’

आगामी २८ गतेसम्म आवेदन परेकाहरु मध्येबाट सर्ट लिष्ट गरेर फागुन दोस्रो साता परीक्षा लिने तयारी रहेको भन्दै उनले फागुन २५ गतेसम्म स्थानीय तहहरुमा रोजगार संयोजक खटाउने गरी काम भइरहेको जानकारी दिए ।

उनका अनुसार ७५३ जना चाहिएकोमा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको छ । जसमध्ये सर्टलिष्ट गर्दा एक स्थानीय तह बराबर ३ जना अर्थात २ हजार २ सय ५९ जनालाई परीक्षामा सहभागी गराउने दाहालले बताए ।

‘निष्पक्ष हुनेमा शंका गर्ने ठाउँ छैन’

जागीर भन्ने वित्तिकै भनसुनका आधारमा नियुक्ति हुन्छ भन्ने धेरैको मनमा हुन्छ । तर रोजगार संयोजक पदमा भने भनसुन, घुसपैठ लगायतले काम नगर्ने सहसचिव दाहाल बताउछन् ।

‘कम्प्युटर स्कील टेष्ट अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी भाषा परीक्षा (आइएलटीएस) जस्तै गरेर लिइन्छ, उत्तर दिइसक्ने वित्तिकै मैले कति नम्बर पाए भन्ने कुरा थाहाँ भइहाल्छ’ दाहालले भने, ‘यसमा निष्पक्ष हुनेमा शंका गर्ने कहिकतै ठाउँ हुँदैन ।’

५० पुणर्ांकको परीक्षा हुने र २५ वटा प्रश्न सोधिने र प्राप्तांकका आधारमा संयोजक छनोट हुने उनले बताए ।  संयोजक नियुक्तिका लागि मन्त्रालयले तयार पारेको मापदण्ड पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

मापदण्ड अनुसार मन्त्रालयले सम्बन्धित नगर तथा गाउँपालिका मातहतमा रहने गरी नायव सुब्बा र शाखा अधिकृत सो सरहको एकरएक जना संयोजक नियुक्त गर्नेछ ।

७ सय ५३ स्थानीय तहहरु मध्ये १० हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहहरुमा नायव सुब्बा सो सरहको र १० हजार माथि जनसंख्या भएका स्थानीय तहहरुमा शाखा अधिकृत सो सरहको अस्थायी कर्मचारी भर्ना गर्ने मन्त्रालयले जनाएको छ ।

उक्त कर्मचारीले सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृतको अधिनमा रहेर रोजगार सेवा केन्द्र सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

रोजगार संयोजकको स्वीकृत अस्थायी दरबन्दीमा मन्त्रालयले एक वर्षमा लागि प्रदेशगत रुपमा खुला प्रतिष्पर्धाद्वारा करारमा पदपुर्ति गरी स्थानीय तहमा खटाउनेछ ।

रोजगार संयोजक नियुक्ति पूर्ण रुपमा स्वतन्त्र र निष्पक्ष बनाउन मन्त्रालयले सˆटवेयरको प्रयोग गरेको कारण भनसुन वा पावर लगाएर जागिर खाने सम्भावना भने यसमा देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment