
१३ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुमा रोजगार संयोजक नियुक्त गरेको छ ।
पहिलो पटक कम्प्युटर प्रणालीबाट परीक्षा लिएर मन्त्रालयले सबै तहका लागि रोजगार संयोजक छनोट गरेको हो । यस अघि मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नासुसरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट गरेको थियो ।
७५३ तहकै लागि राेजगार संयोजक नियुक्त गर्न लागिएकोमा परीक्षाबाट जम्मा ५२१ जना छनोट भएका छन् ।
सर्टलिष्टमा परेकाहरुलाई कम्प्युटर स्कील परीक्षा लिएर परिक्षा लिई मन्त्रालयले आज नतिजा सार्वजनिक गरेको हो । मन्त्रालयले गत ११ र १२ गते पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर स्कील परीक्षा लिएको थियो ।
रोजगार संयोजकका लागि रोजगार संयोजकका लागि जम्मा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको थियो । नियुक्त भएकाहरुलाई अब मन्त्रालयले स्थानीय तहहरुमा खटाउने छ ।
हरेका पालिकाका प्रशासकीय अधिकृत मातहतमा रहेर उनीहरुले बेरोजगारहरुको तथ्यांक संकलनका साथै रोजगारीका विषयमा परामर्श दिने मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रदेश २ को शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रदेश ३ को शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
गण्डकी प्रदेशको शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रदेश ५ को शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
कर्णाली प्रदेशको शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सुदूरपश्चिम प्रदेशको शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया 4