Comments Add Comment

रोजगार

List Grid
एक रुपैयाँ लगानी नगरी व्यवसायी बनाउने जस्मिनको अफर

३ जेठ, काठमाडौं । तपाईं बेरोजार हुनुहुन्छ ? केही उद्यम व्यवसाय गर्ने सोचमा हुनुहुन्छ तर लगानी जुटाउन नसकेर पिरोलिनु भएको छ भने अब चिन्ता नलिनुस् । नेपालको अग्रणी रंग कम्पनी जस्मिन पेन्ट्सले यस्तै बेरोजगार युवाको समस्यालाई ध्यानमा राखेर गज्जबसँग स्वरोजगर व्यवसायी बन्ने अफर ल्याएको छ । अब पुँजी, सिप, र अनुभव नभएर स्वरोजगार बन्न नसकेका […]

बेरोजगारलाई यसैवर्ष ३० दिनको रोजगारी ‘ग्यारेन्टी’

१ जेठ, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि एकैपटक स्थानीय तहमा दुई अर्ब ३६ करोड ससर्त अनुदान पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पठाएको यो अनुदानबाट स्थानीय तहले आफ्नो क्षेत्रमा बेरोजारका रुपमा दर्ता भएका युवालाई न्युनतम् १ महिनाको रोजगारी दिनुपर्नेछ । हालसम्म सरकारले एक लाख भन्दा बढी बेरोजगारलाई यो सूचीमा समेट्न […]

ओमान जाँदा नेपाली श्रमिकलाई ‘शून्य लागत’

२० वैशाख, काठमाडौं । ओमानसँगको श्रम समझदारीको मस्यौदामा सहमति जुटेको छ ।  योसँगैै नेपाल र ओमानबीच पहिलो पटक श्रम समझदारी (एमओयु) हुने भएको छ । बिहीबार र शुक्रबार काठमाडौंमा सप्पन्न नेपाल र ओमानका अधिकारीहरु बीचको छलफलपछि मस्यौदालाई अन्तिम रुप दिइएको हो । शून्य लागतसहित श्रमिकका हक अधिकार सुनिश्चित हुने गरी सहमति जुटेको छ । मस्यौदाको […]

के हुँदैछ सामाजिक सुरक्षा कार्यक्रम ? रोजगारदाताको बोली फेरियो !

१९ वैशाख, काठमाडौं । सरकारले निजी क्षेत्रमा कार्यरत श्रमिकलाई लक्षित गर्दै तामझामसाथ घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम असफलताउन्मुख देखिएको छ । ५ महिनासम्म न्यून संख्यामा मात्रै रोजगारदाताहरु सामाजिक सुरक्षा कोषमा दर्ता हुन आएका छन् । गत मंसिर ११ गते भव्य समारोहको आयोजना गरेर सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो । […]

श्रम समझदारीको मस्यौदा टुंग्याउन ओमानको टोली नेपाल आउँदै

१७ वैशाख, काठमाडौं । युएईपछि ओमानसँग श्रम समझदारी (एमओयू)को मस्यौदाको छिट्टै टुंगो लाग्ने भएको छ । यसका लागि छलफल गर्न ओमानका श्रम तथा मानव संशाधन अधिकारीलाई बुधबार नेपाल आईपुग्दैछ । यो टोलीसँग काठमाडौंमा दुई दिनसम्म वार्ता हुनेछ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार सम्भवतः यसै चरणको वार्तामार्फत दुबैदेशसँग श्रम समझदारीको मस्यौदामा सहमति जुट्नेछ । […]

सफलताका लागि स्किल, स्केल र स्पिडः विनोद चौधरी

१५ वैशाख, काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन् । आईतबार त्रिभूवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिब सात सय विद्यार्थीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयबाट विदाई हुनु अगाडि नै आफ्नो भविष्यको गन्तव्य तय गर्न पनि उनीहरूलाई सुझाव दिए । ‘आजको विश्व ३० बर्षभन्दा कम […]

युएईसँग नयाँ श्रम समझदारी गर्न जुट्यो सहमति

१२ वैशाख, काठमाडौं । युएईसँग नयाँ श्रम समझदारी (एमओयू)को मस्यौदामा सहमति जुटेको छ । दुई दिनदेखि युएईका श्रम अधिकारीसँग काठमाडौंमा भएको बैठकमा समझदारीका लागि सहमति जुटेको हो । दुबै देशका प्राविधिक टोली सन् २००७ को श्रम समझदारीलाई विस्थापन गर्ने गरी नयाँ एमओयू गर्न सबै विषयमा सहमतिमा पुगेको रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ […]

दुई देशमा परीक्षणपछि मात्रै नेपालमा जापानी भाषा परीक्षा

१२ वैशाख, काठमाडौं । धेरै नेपाली कामदारलाई चासो छ, रोजगारीका लागि जापान कहिलेबाट खुल्छ ? तर कामदार लैजाने प्रक्रिया सुरु गर्ने विषयमा कुनै टुंगो लागि नसकेको सरकार बताउँछ । दुई देशले कामदार आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर गरे पनि जापानले अझै भाषा परीक्षाको मोडालिटी टुंगो लगाएको छैन । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महेश […]

म्यानपावरको धरौटी कहाँ राख्ने भन्नेमा सरकार र व्यवसायीबीच विवाद

५ वेशाख, काठमाडौं । वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि सरकारले लिने धरौटी रकम कहाँ राख्ने भन्ने विषयमा सरकार र वैदेशिक रोजगार व्यवसायीबीच विवाद भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरबाट गठन गरिएको वैदेशिक रोजगार ऐन संशोधन कार्यान्वयन कार्यदलको बैठकमा धरौटी कहाँ राख्ने भन्ने विषयमा विवाद भएको हो । कानूनमा भएको व्यवस्था विपरीत […]

वैदेशिक रोजगारमा जानेको स्वास्थ्य जाँच्न थप १२६ संस्थाको इच्छा

२८ चैत, काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण सेवा सुरु गर्न १२६ वटा नयाँ स्वास्थ्य संस्थाले सूचीकरणका लागि इच्छा देखाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुराना संस्थाको सिन्डिकेट तोड्ने गरी नयाँको दर्ता आह्वान गरेको थियो । २०६९ सालपछि नयाँ संस्था दर्ता र सूचीकरण नगरिँदा यो क्षेत्रमा सीमित व्यवसायीको सिन्डिकेट कायम […]

कतार पुगेका १६ कामदार अलपत्र, दूतावास भन्छ-उद्धार हुन्छ

२६ चैत, काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पुगेका १६ जना नेपालीहरु अलपत्र परेका छन् । केहिदिन अघि कतार पुगेका नेपालीहरु काम नपाएर अलपल परेका हुन् । वैदेशिक रोजगारीको शिलशिलामा १६ नेपालीहरु अलपत्र परेको कतारस्थित नेपाली दूतावासले पुष्टी गरेको छ । दूतावासका कन्सुलर शिवराम पोखरेलले अलपत्र परेका १६ जना नै दूतावासको सम्पर्कमा आएको बताए । […]

विदेशबाट फर्किएकाको निःशुल्क सीप परीक्षण

१९ चैत, काठमाडौं । सरकारले पहिलोपटक वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सीप परीक्षण गर्ने भएको छ । आगामी वैशाख ३ देखि ७ गतेसम्म यसअघि आवेदन दिइसकेका कामदारको सीप परीक्षण गर्ने तालिका तय भएको छ । सरकारले गत मंसिरमै सीप परीक्षणका लागि इच्छुक कामदारसँग आवेदन मागेको थियो । जसमा झण्डै ५ सय कामदारले आवेदन दिएका थिए । […]

वैदेशिक रोजगारीबारे कुनै गुनासो छ ? कल सेन्टरमा फोन गर्नुस्

१८ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारीबारे गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । मन्त्रालयमा स्थापित गरिएको कल सेन्टरको सोमबार मन्त्री गोकर्ण विष्टले शुभारम्भ गरेका छन् । कल सेन्टरमा श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्वन्धित समस्या तथा गुनासो टिपाउने सकिनेछ । मन्त्रालयकाअनुसार बैदेशिक रोजगारीका क्षेत्रमा ठगी, अलपत्र, […]

कलिङ भिसा आएकालाई मलेसिया जान श्रम स्वीकृति

१८ चैत, काठमाडौं । सरकारले सोमबारबाट कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रमस्वीकृति दिन थालेको छ । यो सँगै झण्डै १० महिनापछि मलेसियामा कामदार पुन पठाउन सुरु भएको छ । वैदेशिक रोजगार विभागको पत्रअनुसार श्रम कार्यालय ताहाचलले कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन थालेको हो । सरकारले मलेसिया जाने कामदारलाई विभिन्न बाहनामा […]

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सूचीकरणका लागि आह्वान

१८ चैत, काठमाडौं । सरकारले वैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण हुन आह्वान गरेको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सूचीकरणका लागि आह्वान गरेको हो । मन्त्रालयले सूचीकरण गर्नका लागि १५ दिनको समय सीमा तोकेको छ । नेपाल सरकार र मलेसिया सरकारबीच गत कात्तिक […]

विदेशमा समस्या पर्‍यो ? माग्नुस् नेपालकै श्रम मन्त्रालयको ‘कल सेन्टर’मा सहयोग

१८ चैत, काठमाडौं । सरकारले वैदेशिक रोजगारसहित श्रम सम्बन्धी सबै गुनासो सुन्न आज सोमबारबाट सहायता कक्ष (कल सेन्टर) सञ्चालनमा ल्याउँदैछ । यसअघि स्थापना भएका हेल्प डेस्क प्रभावकारी नभएपछि सिंहदरबारभित्रै आधुनिक प्रविधिसहितको सहायता केन्द्र सञ्चालनमा आउन लागेको हो । सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै कामका लागि विदशिने र विदेशिन चाहने नोपाली समस्याको सुनुवाई गर्न […]

कलिङ भिसा आएका ७ हजार कामदारका लागि खुल्यो मलेसिया

१७ चैत, काठमाडौं । सरकारले कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन थालेको छ । यो सँगै झण्डै १० महिनापछि मलेसियामा कामदार पुन पठाउन सुरु हुने भएको छ । वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेखेर कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन अनुमति दिएको विभागका एक निर्देशकले अनलाइनखबरलाई जानकारी […]

विदेसिने कामदारको स्वास्थ्य जाँच्ने संस्थाको सिन्डिकेट तोड्न नयाँ दर्ता आह्वान

१३ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नयाँ स्वास्थ्य संस्थाको सूचीकरण प्रक्रिया थालेको छ । २०६९ सालपछि नयाँ संस्था दर्ता र सूचीकरण नगरिँदा यो क्षेत्रमा सीमित व्यवसायीको सिन्डिकेट छ । अब त्यसलाई तोड्ने गरी सरकारले नयाँ संस्थालाई पनि अवसर दिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका […]

नेपाली कामदार जापान जाने बाटो खुल्यो, दुई देशबीच समझदारी

११ चैत, काठमाडौं । जापानमा नेपाली कामदारलाई रोजगारी दिने गरी समझादारी भएको  छ ।  नेपाल र जापान सरकारबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा सोमबार हस्तक्षर भएको छ । नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका कार्यवाहक सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट जापानी राजदूत मासामिची साइगोले सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]

कामदार आपूर्तिबारे नेपाल-जापानबीच समझदारीपत्रमा हस्ताक्षर आज

११ चैत, काठमाडौं । नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ -एमओसी)मा आज सोमबार हस्तक्षर हुने भएको छ । दुई देशबीच सहमति भएपछि एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठकबाट पास भइसकेका छन् । श्रम तथा रोजगार मन्त्रालयले जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना बनाएको थियो । त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषदले पारित गरेर सचिव […]

मलेसियाले पठायो नयाँ मापदण्ड, स्वास्थ्य परीक्षणको सिण्डिकेट सकियो

१० चैत, काठमाडौं । नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको ४ महिनापछि बायोमेट्रिकका नाममा कायम रहेको सिण्डिकेट हटाउन मलेसिया सरकार तयार भएको छ । मलेसियाले शुक्रबार नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि आवश्यक मापदण्ड नेपाल सरकारलाई पठाएको छ । मलेसिया सरकारले मापदण्ड पठाएसँगै अब करिब १० महिनादेखि रोकिएको मलेसियाको रोजगारीको बाटो खुल्ने भएको छ । चार […]