+
+
Shares

भाटभटेनी सुपरस्टोर सोमबारदेखि चौबिसै घण्टा खुल्ने

भाटभटेनीले भक्तपुर राधेराधेस्थित सुपरस्टोर भोलि सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याउन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भाटभटेनी सुपरस्टोरले भक्तपुरको राधेराधेस्थित स्टोर सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
  • प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले सेवा विस्तार गर्दै काठमाडौं, ललितपुर र पोखराका थप स्टोर पनि चौबिसै घण्टा सञ्चालन गरिने जानकारी दिए ।
  • चौबिसै घण्टा खुल्ने स्टोरको पहिलो तलामा ग्रोसरी सामग्री मात्र उपलब्ध हुने र सुरक्षा व्यवस्थासमेत थप सुदृढ बनाइएको कम्पनीले जनाएको छ ।

३१ साउन, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपरस्टोर’ अब चौबिसै घण्टा खुल्ने भएको छ ।

भाटभटेनीले भक्तपुर राधेराधेस्थित सुपरस्टोर भोलि सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याउन लागेको हो । भाटभटेनीले सुरुवातमा भक्तपुर, ललितपुर र काठमाडौंका एक–एक स्टोर चौबिसै घण्टा सञ्चालन गर्न लागेको हो ।

‘काठमाडौं उपत्यकाको यातायात ट्राफिक चाप र यात्रु सेवा हेरेर सुरुवातमा भक्तपुर राधेराधेस्थित सुपरस्टोर सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा आउने छ,’ भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भने, ‘त्यसपछि ललितपुर र काठमाडौंका एक–एक स्टोर पनि चौबिसै घण्टा चलाउँछौं ।’

पौडेलका अनुसार भक्तपुरको स्टोर चौबिसै घण्टा सञ्चालनमा आएको एक सातापछि ललितपुर कृष्णगल्लीस्थित स्टोर र भदौ तेस्रो सातापछि काठमाडौं टंगालस्थित स्टोर पनि यसैगरी चौबिसै घण्टा सञ्चालनमा ल्याउने तयारी छ ।

चौबिसै घण्टा सञ्चालनमा आउन लागेका सुपरस्टोरका पहिलो तलामात्र खुला हुनेछन् । पहिलो तलामा ग्रोसरी सामानमात्र उपलब्ध हुन्छन् ।

‘काठमाडौं उपत्यकाका तीन स्टोर चौबिसै घण्टा सञ्चालनमा आएपछि हामी पोखराको एक स्टोर पनि यसैगरी सञ्चालन गर्ने योजना छ,’ प्रमुख सञ्चालन अधिकृत पौडेलले भने, ‘यसले ग्राहक सुविधा थप बढ्ने विश्वास छ ।’

चौबिसै घण्टा स्टोर सञ्चालनका लागि भाटभटेनीले आफ्नो तर्फबाट सुरक्षा थप बढाएको जनाएको छ । पहिलो तला (ग्रोसरी) मात्र सञ्चालन हुने भएकाले कर्मचारी पनि धेरै नचाहिने कम्पनीको भनाइ छ ।

राति पनि सञ्चालन हुने भएकाले प्रहरी प्रशासनलाई पनि यसबारे जानकारी दिइएको पौडेलले बताए ।

४२ वर्षअघि व्यवसायी मिनबहादुर गुरुङले काठमाडौं टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोरका हाल देशभरि २७ वटा स्टोर सञ्चालनमा छन् ।

भाटभटेनीले वार्षिक ३२ अर्ब रुपैयाँ बराबर आम्दानी गर्दै आएको छ भने सबै स्टोरमा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

२३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका बेला भाटभटेनीका अधिकांश स्टोरमा आगजनी, लुटपाट र तोडफोड गरिएको थियो । जसबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबर क्षति भएको थियो ।

त्यति ठूला क्षति हुँदाहुँदै भाटभटेनीले एक जनाको पनि रोजगारी नखोसी पुन: लगानी गरेर लगभग सबै स्टोर पुन: सञ्चालनमा ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?