News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम संसार’ प्रणालीमार्फत श्रम तथा रोजगारी सेवा एकीकृत रूपमा सञ्चालन गर्ने तयारी गरेको छ।
- मन्त्रालयले निजी क्षेत्रका रोजगारदाता, रोजगारी खोज्ने व्यक्ति, जब एजेन्सी तथा तालिम प्रदायक संस्थालाई ‘श्रम संसार’ प्रणालीमा आबद्ध हुन आह्वान गरेको छ।
- ‘श्रम संसार’ प्रणालीले श्रम तथा रोजगारी सम्बन्धी सूचना, विज्ञापन र तालिम अवसर एकै माध्यमबाट सार्वजनिक गर्ने व्यवस्था ल्याउने मन्त्रालयले जनाएको छ।
८ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम संसार’ प्रणाली मार्फत श्रम तथा रोजगारी सम्बन्धी सेवा एकीकृत रूपमा सञ्चालन गर्ने तयारी गरेको छ ।
मन्त्रालयले सूचना प्रविधि मार्फत सार्वजनिक सेवा प्रवाह थप आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन यस्तो व्यवस्था लागु गर्न लागिएको जनाएको हो ।
मन्त्रालयले सूचना जारी गर्दै श्रम तथा रोजगारीसँग सम्बन्धित सम्पूर्ण डिजिटल प्रणाली ‘श्रम संसार’ प्ल्याटफर्ममा एकीकृत गरी एउटै प्रणालीबाट सञ्चालन गर्न लागेको जनाएको हो ।
यसका लागि निजी क्षेत्रका रोजगारदाता, रोजगारी खोज्ने व्यक्ति, जब (रोजगारी) एजेन्सी तथा तालिम प्रदायक संस्थालाई अनिवार्य उक्त प्रणालीमा आबद्ध हुन आह्वान गरिएको छ ।
सम्बन्धित पक्षले ‘श्रम संसार’ मा दर्ता भई श्रम तथा रोजगारी सम्बन्धी सूचना, रोजगारीका विज्ञापन र तालिमका अवसर सोही माध्यमबाट सार्वजनिक गर्नुपर्ने छ ।
यसले आन्तरिक रोजगारी प्रणाली थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ । मन्त्रालयले सेवाग्राही तथा सरोकारवालालाई यस प्रणालीबारे जानकारी गराउने उद्देश्यले सूचना प्रकाशन गरिएको जनाएको छ ।
श्रम संसार अनलाइन पोर्टल प्रभावकारी हुन नसकिरहेका बेला श्रम मन्त्रालयले सबै सरोकारवालालाई आबद्ध हुन अनुरोध गरेको हो । यसले सार्वजनिक सेवा प्रवाह आधुनिक प्रविधिमैत्री बनाउँदै डिजिटलाइज गर्न महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले विश्वास लिएको छ ।
प्रतिक्रिया 4