+
+
Shares

खाडीमा बढ्दो तनावबीच फागुनमा रोजगारीका लागि ५२ हजार नेपाली विदेसिए

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले मध्यपूर्वमा बढ्दो तनावका कारण इजरायल, खाडी र टर्कीसहित ११ देशमा श्रम स्वीकृति स्थगन गरेको छ।
  • फागुन महिनामा ५२ हजार ९ सय ४४ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्, जसमा ४६ हजार ४ सय ५२ पुरुष र ६ हजार ३ सय ९२ महिला छन्।
  • मलेसिया, यूएई, कतार र साउदी अरेबियामा सबैभन्दा बढी श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका छन्।

२ चैत, काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन महिनामा ५२ हजार ९ सय ४४ जनाले श्रम स्वीकृति –पुनः श्रम स्वीकृतिसमेत) लिएका छन् । जसमा ४६ हजार ४ सय ५२ जना पुरूष र ६ हजार ३ सय ९२ महिला रहेका छन् । फागुन महिनामा पहिलो पटक मात्रै २८ हजार ३ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् भने २४ हजार ५ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु भएको आज १७ दिन भएको छ । इरानले खाडी तथा अन्य देशमा रहेका अमेरिका सैन्य बेस क्याम्पमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । जसले गर्दा यूएई, कतार, साउदी, ओमान, बहराइन लगायतका देशमा रहेका नेपालीहरूको सुरक्षा चिन्ता बढिरहेको छ ।

सरकारले अर्को सूचना जारी नभएसम्मका लागि साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगन गरेको छ । फागुन १७ गते श्रममन्त्री स्तरीय निर्णयबाट श्रम स्वीकृति तथा नवीकरण स्थगन भएको हो ।

फागुनमा सबैभन्दा बढी मलेसियामा १२ हजार ६०१ जना, यूएईमा ११ हजार ४ सय ९२, कतारमा ६ हजार ७ सय ७५ जना, साउदी अरेबियामा ६ हजार २ २५ जना श्रम स्वीकृति लिएर गएका छन् । फागुनको दोस्रो सातासम्म श्रम स्वीकृति लिएकाहरु वैदेशिक रोजगारमा गएकाले फागुनमा जानेको संख्या पनि उल्लेख्य नै देखिएको हो ।

यसअघि माघ महिनामा ७० हजार ५ सय ३ जना, पुसमा ६२ हजार ५ सय ५९ जना, मंसिरमा ६५ हजार ७ सय ५ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?