+
+
Shares
के-पप :

के-पपमा डेब्यू गर्ने पहिलो नेपाली बनिन् सूचना बोहरा, ‘हारा’ बनेर विश्वको ध्यान तान्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली युवती सूचना बोहराले दक्षिण कोरियाली के-पप समूह एमईपीसीबाट सन् २०२५ डिसेम्बरमा डेब्यु गर्दै इतिहास रचेकी छन्।
  • एमईपीसी समूहमा नेपाल, दक्षिण कोरिया, ट्युनिसिया, म्यानमार र भारतका सात सदस्य छन् र यो समूह बहुराष्ट्रिय रूपमा परिचित छ।
  • सूचना बोहराले इन्जिनियरिङ अध्ययन छोडेर संगीत सपना पूरा गर्न कोरिया गएकी थिइन् र उनको प्रस्तुति सामाजिक सञ्जालमा प्रशंसा पाइरहेको छ।

काठमाडौं । नेपाली युवती सूचना बोहराले के-पप भनिने दक्षिण कोरियाली संगीत उद्योगमा डेब्यू गर्दै इतिहास रचेकी छन् । ‘हारा’ नामबाट चिनिने उनले दक्षिण कोरियाको बहुराष्ट्रिय के-पप गर्ल समूह ‘एमईपीसी’ मार्फत सन् २०२५ डिसेम्बरमा औपचारिक डेब्यु गरेकी हुन् ।

२२ वर्षीया बोहरा के-पप समूहमा डेब्यू गर्ने पहिलो नेपाली आइडल बनेकी छन् । उनलाई पछ्याउने नेपाली प्रशंसकले यसलाई गर्वको रुपमा लिएका छन् ।

‘जीबीके इन्टरटेन्मेन्ट’ अन्तर्गत गठन भएको एमईपीसी समूहमा विभिन्न देशका सात सदस्य छन् । समूहमा नेपालकी हारासहित दक्षिण कोरियाकी मिहो, ट्युनिसियाकी सोल्मी, म्यानमारकी केक्के तथा भारतका तीन सदस्य- एन, जायली र अनिका छन् ।

डेब्यू अघि सूचना नेपालमै इन्जिनियरिङ अध्ययनरत थिइन् । स्नातक पूरा हुन करिब एक वर्ष मात्र बाँकी रहँदा उनले संगीतप्रतिको आफ्नो सपना पूरा गर्न कोरिया जाने निर्णय गरेकी थिइन् ।

एमईपीसीमार्फत सार्वजनिक भएका प्रस्तुति र गीतमा हारा आफ्नो गायन र नृत्य क्षमताका कारण दर्शकमाझ आकर्षण बन्न थालेकी छन् । स्टेजमा उनको ऊर्जा, आत्मविश्वास र प्रस्तुति शैलीले उनलाई छुट्टै पहिचान दिलाइरहेको छ ।

उनको यो उपलब्धिप्रति सामाजिक सञ्जालमा व्यापक प्रशंसा र शुभकामना व्यक्त भइरहेको छ । धेरैले यसलाई नेपाली युवापुस्ताका लागि प्रेरणादायी उदाहरणका रूपमा लिएका छन् ।

के-पप गर्ल समूह ‘एमईपीसी के हो ?

के-पप गर्ल समूह ‘एमईपीसी’ दक्षिण कोरियामा गठन गरिएको एक बहुराष्ट्रिय समूह हो, जसले परम्परागत के-पप ढाँचाभन्दा फरक ढंगले विश्वका विभिन्न देशका प्रतिभालाई एउटै प्लेटफर्ममा ल्याउने प्रयास गरेको छ ।

यो समूह ‘जीबीके इन्टरटेनमेन्ट’ अन्तर्गत तयार पारिएको हो र सन् २०२५ डिसेम्बरमा औपचारिक रूपमा डेब्यू गरेको हो । एमईपीसीमा जम्मा सात सदस्य छन्, जसले यसलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने मुख्य आधार बनेको छ । समूहका सदस्य नेपाल, दक्षिण कोरिया, ट्युनिसिया, म्यानमार र भारतबाट आएका छन् ।

एमईपीसीको विशेषता भनेको यसको ग्लोबल लाइनअप हो । के-पप उद्योगमा विदेशी सदस्य हुनु नयाँ कुरा होइन, तर यति धेरै देशको प्रतिनिधित्व एउटै समूहमा हुनु कमै देखिन्छ । यसले समूहलाई अन्तर्राष्ट्रिय दर्शकमाझ छिट्टै लोकप्रिय बनाउन सहयोग पुर्‍याइरहेको छ ।

संगीत शैलीका हिसाबले एमईपीसीले आधुनिक के-पपसँगै पप, डान्स र इलेक्ट्रोनिक धुनलाई मिसाएर प्रस्तुति दिने गरेको देखिन्छ । उनीहरूको डेब्यु गीत ‘ट्रुथ सिकर’ ले विशेषगरी युवापुस्तालाई लक्षित गर्दै आत्मविश्वास, संघर्ष र सपनाको कथा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

समूहका सदस्य केवल गायनमा मात्र होइन, नृत्य, स्टेज प्रस्तुति र भिजुअल अपिलमा पनि सशक्त देखिन्छन् ।

एमईपीसीलाई अहिले ‘ग्लोबल के-पप प्रोजेक्ट ग्रुप’का रूपमा पनि हेरिएको छ, जसले एसिया मात्र होइन, अन्य क्षेत्रका दर्शकलाई समेत लक्षित गरेको छ । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत उनीहरूले छोटो समयमै अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्न थालेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?