+
+
Shares

चुनाव हारेका खनाल धन्यवाद दिन गाउँगाउँमा

अर्घाखाँचीमा हालै सम्पन्न निर्वाचनमा पराजित भए पनि विष्णुप्रसाद खनाल (मुस्कान) मतदाताप्रति आभार व्यक्त गर्न गाउँ–गाउँमा पुगेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्घाखाँचीमा पराजित विष्णुप्रसाद खनालले मतदाताप्रति आभार व्यक्त गर्दै गाउँ–गाउँमा धन्यवाद अभियान चलाएका छन्।
  • खनालले शितगंगा नगरपालिकाका १२ वडामा र छत्रदेव गाउँपालिकाका ८ वडामा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
  • जिल्ला सभापति केशव श्रेष्ठले हारजित स्वाभाविक भए पनि कार्यकर्ताको उत्साह कायम राख्न यस्तो अभियान आवश्यक भएको बताए।

३ चैत, अर्घाखाँची । अर्घाखाँचीमा हालै सम्पन्न निर्वाचनमा पराजित भए पनि विष्णुप्रसाद खनाल (मुस्कान) मतदाताप्रति आभार व्यक्त गर्न गाउँ–गाउँमा पुगेका छन्।

निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनतासँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउने उद्देश्यले धन्यवाद अभियान चलाएको उनी बताउँछन् ।

अर्घाखाँचीका विभिन्न स्थानमा पुग्दै उनले आफूलाई मतदान गर्ने तथा पार्टीको रुख चिन्हमा विश्वास गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन्। उनले कार्यकर्ता र समर्थकहरूलाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

खनालले शितगंगा नगरपालिकाका १२ वटै वडा र छत्रदेव गाउँपालिका का ८ वटै वडामा पुगेर भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका छन्।

यसैक्रममा आज सन्धिखर्क नगरपालिका–३, ४, ५, ९, १०, ११ र १२ मा समेत भेटघाट तथा धन्यवाद कार्यक्रम गरे ।

स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनले निर्वाचनका क्रममा देखिएको साथ र सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्।

उनको यो अभियानले स्थानीय तहमा कार्यकर्ताको मनोबल उच्च बनाएको बताइएको छ। जिल्ला सभापति केशव श्रेष्ठका अनुसार, निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भए पनि कार्यकर्ताको उत्साह कायम राख्न र जनतासँगको सम्बन्ध थप सुदृढ गर्न यस्तो अभियान आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?