+
+
Shares

श्रीराम ग्यास सिलिन्डर बजार पठाइँदै, नयाँ बेच्न र साटफेर गर्न रोक

निगमको एलपी ग्यास विभागले मंगलबार निर्णय गर्दै उक्त उद्योगलाई बिक्री वितरणको प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले धादिङस्थित श्रीराम ग्यास उद्योगलाई हरिसिद्धि गोदाममा रहेका ६ हजार ३ सय ७७ थान ग्यास सिलिन्डर सर्तसहित बजार पठाउन अनुमति दिएको छ।
  • निगमले उद्योगलाई नयाँ सिलिन्डर बिक्री वितरण गर्न रोक लगाएको छ र सिलिन्डर साटफेर गर्न नपाइने कडा निर्देशन दिएको छ।
  • उद्योगले दैनिक बिक्री वितरणको सम्पूर्ण विवरण निगमलाई उपलब्ध गराउनुपर्नेछ र अनुगमनका लागि सम्बन्धित निकायलाई जानकारी दिइएको छ।

३ चैत, काठमाडौं । नेपाल आयल निगमले धादिङस्थित श्रीराम ग्यास उद्योग प्रालिलाई हरिसिद्धि गोदाममा रहेका ६ हजार ३ सय ७७ थान ग्यास सिलिन्डर सर्तसहित बजार पठाउन अनुमति दिएको छ ।

सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमले गरेको संयुक्त अनुगमन क्रममा श्रीराम ग्यास उद्योगको ललितपुरस्थित हरिसिद्धि गोदाममा स्टक गरेर राखिएको अवस्थामा ६ हजार ३ सय ७७ थान सिलिन्डर फेला परेको थियो ।

निगमको एलपी ग्यास विभागले मंगलबार निर्णय गर्दै उक्त उद्योगलाई बिक्री वितरणको प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार उद्योगको हरिसिद्धिस्थित गोदाममा रहेका १४.२ किलोका ती सिलिन्डर दुई फरक माध्यमबाट बिक्री गरिने छ ।

जसमध्ये ६ हजार थान सिलिन्डर निगमको प्रत्यक्ष रोहवरमा उद्योगका आफ्नै डिलर मार्फत बजार पठाइने छ भने बाँकी ३ सय ७७ थान सिलिन्डर निगमको टेकुस्थित कार्यालयबाटै बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

ग्यास बिक्री वितरण गर्दा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले निगमले उद्योगलाई कडा निर्देशन समेत दिएको छ । निगमले हरेक सिलिन्डरको तौल र तोकिएको मूल्य अनिवार्य रूपमा जाँच गरेरमात्र बिक्री गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, निगमले उक्त उद्योगलाई बजारमा नयाँ सिलिन्डर बिक्री वितरण गर्न पूर्णरूपमा रोक लगाएको छ । साथै, श्रीराम ग्यासका सिलिन्डर अन्य कुनै पनि ग्यास कम्पनीका सिलिन्डरसँग साटफेर (एक्स्चेन्ज) गर्नसमेत नपाइने पत्रमा उल्लेख छ ।

उद्योगले दैनिक बिक्री वितरणको सम्पूर्ण विवरण (रिपोर्ट) निगमलाई अनिवार्य उपलब्ध गराउनुपर्ने छ । यस प्रक्रियालाई पारदर्शी बनाउन र प्रभावकारी अनुगमनका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई समेत जानकारी (बोधार्थ) दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?