+
+
Shares

बोतल र जेरिक्यानमा पेट्रोलियम बिक्री नगर्न आयल निगमको निर्देशन

निगमले सोमबार पेट्रोलियम डिलर्स एसोसिएसन, धनुषा र महोत्तरीलाई पत्र लेख्दै यस्तो निर्देशन जारी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले बोतल तथा जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न पेट्रोलियम डिलर्स एसोसिएसनलाई निर्देशन दिएको छ।
  • निगमले अतिप्रज्ज्वलनशील पदार्थ बोतलमा बिक्री गर्दा आगलागी र विस्फोटको सम्भावना बढ्ने चेतावनी दिएको छ।
  • डिपो प्रमुख रञ्जित कपडीले अनुगमनमा उल्लंघन भेटिए कारबाही हुने समेत उल्लेख गर्नुभएको छ।

२५ फागुन, काठमाडौं । नेपाल आयल निगमले विभिन्न स्थानमा केही पसल तथा व्यक्तिहरूले बोतल तथा जेरिक्यानमा पेट्रोलियम पदार्थ ९पेट्रोल, डिजेल, मट्टीतेल आदि० बिक्री वितरण गरिरहेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

निगमले सोमबार पेट्रोलियम डिलर्स एसोसिएसन, धनुषा र महोत्तरीलाई पत्र लेख्दै यस्तो निर्देशन जारी गरेको हो ।

सार्वजनिक गुनासो प्राप्त भएकातर्फ ध्यानाकर्षण भएको जनाउँदै निगमले अतिप्रज्ज्वलनशील पेट्रोलियम पदार्थ यसरी बिक्री गर्दा आगलागी तथा विस्फोटजस्ता दुर्घटनाको सम्भावना बढ्ने बताएको छ ।

पत्रमा विक्रेता तथा पेट्रोल पम्पहरूलाई बोतल र जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न र नगराउन निर्देशन दिइएको छ ।

निगमले डिलर्स एसोसिएसन मार्फत आफ्ना सदस्य तथा सर्वसाधारणलाई समेत सचेत गराउन र नजिकैको आधिकारिक विक्रेता र पेट्रोल पम्पबाट मात्र इन्धन खरिद गर्न जानकारी गराइदिन पनि अनुरोध गरेको छ ।

डिपो प्रमुख रञ्जित कपडीद्वारा हस्ताक्षरित पत्रमा निगमबाट अनुगमन गर्दा कैफियत भेटिए निगम विनियमावली र नेपाल सरकारको प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?