+
+
Shares

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

यो निर्णयले बजारमा देखिएको ग्यास अभाव हट्ने र उपभोक्ताले सजिलै ग्यास पाउने निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टको दाबी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले अन्तर्राष्ट्रिय युद्धका कारण ग्यास आपूर्तिमा समस्या आएपछि भोलि शुक्रबारदेखि आधा सिलिन्डर ग्यास मात्र बजारमा पठाउने निर्णय गरेको छ।
  • कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् र यसको मूल्य पनि आधा तोकिएको छ।
  • निगमले आधा सिलिन्डर वितरण गर्दा ग्यास थुपार्ने प्रवृत्ति घट्ने र धेरै उपभोक्ताले ग्यास पाउने दाबी गरेको छ।

२८ फागुन, काठमाडौं । नेपाल आयल निगमले भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ ।

अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन निगमले यस्तो कदम चालेको उनले बताए ।

भट्टले आधा सिलिन्डर ग्यास बाँड्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने दाबी गरे । उनका अनुसार पहिले १ हजार जनाले ग्यास पाउने ठाउँमा अब २ हजार जनाले ग्यास पाउनेछन् ।

यसका साथै आधा सिलिन्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने निगमको दाबी छ ।

‘आधा सिलिन्डर कसैले पनि स्टक गरेर राख्दैन, जसलाई साँच्चिकै समस्या परेको छ उसले मात्रै किन्छ,’ कार्यकारी निर्देशक भट्टले अनलाइनखबरसँग भने ।

यो निर्णयले बजारमा देखिएको ग्यास अभाव हट्ने र उपभोक्ताले सजिलै ग्यास पाउने निगमको दाबी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?