+
+
Shares

‘शार्क ट्यांक नेपाल’ दोस्रो सिजनको आवेदन खुल्यो, ५० करोड लगानी जुटाउने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व चर्चित बिजनेस रियालिटी शो 'शार्क ट्यांक' नेपालको दोस्रो सिजन सुरु हुने भएको छ।
  • हिमालय टेलिभिजनले दोस्रो सिजनका लागि आवेदन खुला गरेको छ र न्यूनतम एउटा ब्यालेन्स-सीट कर कार्यालयमा पेश गरेको हुनुपर्ने सर्त राखेको छ।
  • पहिलो सिजनमा ८० उद्यमीको आइडिया प्रसारण भएको थियो र ३५ करोड रुपैयाँ लगानी भएकोमा दोस्रो सिजनमा ५० करोड रुपैयाँ लगानी जुटाउने लक्ष्य राखिएको छ।

काठमाण्डौ । विश्व चर्चित बिजेनस रियालिटी शो ‘शार्क ट्यांक’ नेपालको दोस्रो सिजन सुरु हुने भएको छ । पहिलो सिजनको अपार सफलतापछि हिमालय टेलिभिजनले दोस्रो सिजनको तयारी तीव्र बनाएको छ ।

नयाँ सिजनमा आफ्नो बिजनेस आइडिया प्रस्तुत गर्न चाहने उद्यमीका लागि आवेदन खुला गरिएको छ । हिमालय टीभीको अफिसियल वेबसाइटमा रहेको फर्म भरेर इच्छुक उद्यमीले आवेदन दिन सक्नेछन् ।

आवेदक नेपाली नागरिक हुनुपर्ने, नेपालमा ब्यबसाय दर्ता भएको र न्यूनतम एउटा ब्यालेन्स-सीट कर कार्यालयमा पेश गरेको हुनुपर्ने सर्त रहेको हिमालय टेलिभिजनले जनाएको छ ।

दुई साताभित्र आवेदन दिने उद्यमीहरूको स्क्रिनिङ प्रक्रिया पूरा भएपछि बैशाखमा सुटिङ गर्ने तालिका रहेको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए ।

पहिलो सिजनमा झण्डै ८० जना उद्यमीको बिजनेस आइडिया प्रसारण भएका थिए जसबाट करिब ३५ करोड रुपैयाँ लगानी भएको थियो । यो सिजनमा करिव ५० करोड रुपैयाँ लगानी जुटाउने लक्ष्य राखिएको कार्यकारी निर्देशक कडेलले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?