News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई जिम्मेवार भएर लाग्न आग्रह गर्नुभएको छ।
- उहाँले सांसदहरूलाई प्रशस्त पानी पिउन र लामो समयसम्म शौचालय नरोक्न समेत आग्रह गर्नुभएको छ।
- लामिछानेले भन्नुभयो, 'सधैं मिठा कुरा गर्न पनि सकिंदैन, सधैं तितो कुरा गरेर पनि हुँदैन।'
४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई केही आग्रह गरेका छन् ।
हिजो र आज चलेको पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जिम्मेवार भएर लाग्न आग्रह गरे ।
साथै, उनले प्रशस्त पानी पिउन र लामो समयसम्म शौचालय नरोक्न समेत आग्रह गरे ।
‘प्रशस्त पानी पिउनुहोला । कहिँ जाँदा लामो समयसम्म शौचालय नरोक्नुहोला,’ रविले भनेका छन् ।
सधैं मिठा र तिता कुरा गर्न नसकिने पनि लामिछानेको भनाइ थिउो ।
‘सधैं मिठा कुरा गर्न पनि सकिंदैन, सधैं तितो कुरा गरेर पनि हुँदैन,’ लामिछानेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4