+
+
Shares

‘म’ केन्द्रित राजनीतिबाट उठ्न नसके पूराना दलको भन्दा पनि नराम्रो हबिगत हुन्छ : रवि

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १४:३१

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘म’ केन्द्रित राजनीतिबाट माथि उठ्न नसके पूराना दलहरूको भन्दा नराम्रो हबिगत हुने टिप्पणी गरेका छन् ।

पार्टीले मंगलबार र बुधबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘आफ्नो पोजिसन के हुन्छ । म कहाँ हुन्छु, पार्टी र सरकारमा मेरो हैसियत के हुन्छ ?,’ रविले थप भने, ‘यो म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन भने हाम्रो हविगत पूराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर (नराम्रो) हविगत हुन्छ ।’

साथै, उनले नागरिकले विवेक पुर्‍याएर दुई तिहाइ दिएको भन्दै यसलाई चुनौतीकै रुपमा लिन नवनिर्वाचित सांसदहरूलाई आग्रह गरे ।

‘नागरिकको विवेकलाई दुई तिहाइ पाएको सरकारले चुनौती थियो । पुराना राजनीतिक दलहरूलाई ३६ वर्षसम्म कुरे । हामीलाई ३६ दिन पनि कुर्नेवाला छैनन् । यो कुरा निर्धक्क हुनुहोला,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?