तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललितपुरको ग्वार्कोमा जारी अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य दिने कार्यतालिका अनुसार पुगेका छन्।
- रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ।
- रास्वपाका वरिष्ठ नेता बालेन शाह अभिमुखीकरण कार्यक्रममा उपस्थित भएका छैनन्।
४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रममा पुगेका छन् ।
उनी केहीबेर अघिमात्रै ललितपुरको ग्वार्कोस्थित हिजोबाट अभिमुखीकरण चलिरहेको स्थलमा पुगेका हुन् ।
रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ ।
यसैबीच अभिमुखीकरण कार्यक्रमको समापन मन्तव्य सभापति रवि लामिछानेले गर्ने कार्यतालिका तय भएको थियो । उनी सोही कार्यतालिकाका लागि त्यहाँ पुगेका हुन् ।
रास्वपाका वरिष्ठ नेता बालेन शाह भने अभिमुखीकरण कार्यक्रममा पुगेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4