+
+
Shares

रविको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिटमा जवाफी बहस बाँकी, बिहीबार अर्को सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १८:१५

३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पती शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा एक जनाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले जवाफी बहस गर्न बाँकी रहेको भन्दै बिहीबार आफ्नो बहस सकिएपछि आदेश आउने जानकारी गराए ।

‘भोलि सार्वजनिक बिदा छ, पर्सि फेरि बेन्च बस्छ । अरु सबै बहस सकिसकेको छ । मेरो एक जनाको जवाफी बहसमात्रै बाँकी छ । अन्तिम फैसला समेत पर्सी आउने सम्भावना छ । म निवेदक हो, मेरो मात्र जवाफी बहस बाँकी छ,’ त्रिपाठीले भने ।

अदालतले निर्णय सुनाउन अर्को मिति नतोकेको खण्डमा बिहीबार नै फैसला आउने सम्भावना रहेको त्रिपाठीको भनाइ छ ।

‘बहस सकिएपछि फैसला त आउँछ । त्यसैले सर्वोच्चले पर्सी नै आफ्नो फैसला सुनाउँछ भन्ने आशा गरौं,’ त्रिपाठीले भने, ‘कहिलेकाँही सर्वोच्च अदालतले निर्णय सुनाउने भनेर अर्को मिति पनि तोक्न सक्छ । त्यो चाहीँ अदालतको कुरा हो ।’

गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले सभापति लामिछानेमाथि लागेको सम्पती शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन् ।

महान्यायाधिवक्ताको यो निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिटमाथि आइतबार र सोमबार पनि सुनुवाइ भए पनि हेर्दाहेर्दैमा राखिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?