+
+
Shares

अनुष्कालाई ‘मिस वर्ल्ड’ संगठनको बधाई

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस वर्ल्ड संगठनका प्रमुख जुलिया मोरलीले संघीय सांसद बनेकी पहिलो मिस नेपाल अनुष्का श्रेष्ठलाई बधाई दिएका छन्।
  • अनुष्काले सन् २०१९ को मिस वर्ल्डमा उत्कृष्ट १२ मा पुगेकी थिइन् र दुई विधामा जित हासिल गरेकी थिइन्।
  • उनले समानुपातिक प्रणालीबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेकी हुन् र सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।

काठमाडौं । संघीय सांसद बनेकी पहिलो मिस नेपाल अनुष्का श्रेष्ठलाई मिस वर्ल्ड संगठनले बधाई दिएको छ । संगठन प्रमुख जुलिया मोरलीले उनको उपलब्धिमा शुभकामना व्यक्त गरेकी छन् ।

मोरलीले सन् २०१९ मा भएको मिस वल्र्ड प्रतियोगितामा अनुष्का उत्कृष्ट १२ मा पुगेको र ‘ब्यूटी विथ पर्पस’ तथा ‘मल्टिमिडिया’ विधामा जित हासिल गरेको स्मरण गरेकी छन् ।

अनुष्काले सन् २०१९ मा लन्डनमा सम्पन्न ६९औँ मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

उनी समानुपातिक प्रणालीमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसद सदस्य चयन भएकी हुन् । उनको चयनले सार्वजनिक जीवनका प्रभावशाली व्यक्तित्वहरू नीति निर्माणमा आउने प्रवृत्ति बलियो बन्दै गएको संकेत गरेको मिस वर्ल्ड संगठनले जनाएको छ ।

मिस नेपालको उपाधि जितेपछि अनुष्काले व्यवसाय र सामाजिक अभियान दुवै क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । उनले ‘ब्यूटी विथ पर्पस’सँग सम्बन्धित सामाजिक मुद्दामा निरन्तर आवाज उठाउँदै आएकी छन् ।

सांसद बनेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिबद्धता व्यक्त गर्दै लेखेकी छन्, ‘नेपाललाई इमानदार, राम्रो र बलियो शासन, सुरक्षा, न्याय, मर्यादा, समानता र समृद्धि आवश्यक छ । इमानदारी र दृढताका साथ सेवा गर्नेछु ।’

उनको यो यात्रालाई सामाजिक सञ्जाल र मिस नेपाल समुदायमा व्यापक स्वागत गरिएको छ । धेरैले यसलाई आवाजबाट नीति निर्माणसम्मको स्वाभाविक यात्रा भन्दै प्रशंसा गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?