+
+
Shares

रास्वपाको भेलामा ‘सेलिब्रेटी सांसद’ अनुष्का र रीमा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाले हिपहप कलाकार बालेन शाह, टिभी होस्ट रीमा विश्वकर्मा र मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई सांसद बनाएको छ।
  • रीमा र अनुष्का राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् भने बालेनले केपी शर्मा ओलीलाई हराएर प्रत्यक्ष निर्वाचन जितेका छन्।
  • निर्वाचन आयोगले समानुपातिक विधिबाट सांसद बनेका ११० जनाको नाम सार्वजनिक गरिसकेको छ र सांसदलाई दुई दिने अभिमुखीकरण तालिम भइरहेको छ।

काठमाडौं । प्रतिनिधिसभाले ३ जना सेलिब्रेटी सांसद पाउँदैछ । हिपहप दुनियाँबाट उदाएका बालेन शाह, टिभी होस्ट तथा अभिनेत्री रीमा विश्वकर्मा र ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठ सांसद बनेका छन् ।

रीमा र अनुष्का राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् । बालेनले भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराएर प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चुनाव जितेका हुन् ।

निर्वाचन आयोगले समानुपातिक विधिबाट सांसद बनेका ११० जनाको नाम औपचारिकरुपमा सार्वजनिक गरिसकेको छ । त्यसको एकदिनपछि मंगलबार रास्वपाले ग्वार्कोस्थित एक होटलमा सांसदलाई भेला गरेर दुई दिने अभिमुखीकरण तालिम गरिरहेको छ ।

जहाँ, अनुष्का र रीमा सांसदको अन्दाजमा प्रस्तुत थिए । रीमा कालो कोट र सारी लगाएर प्रस्तुत थिइन् भने अनुष्का सेमी-क्याजुअल सेतो पहिरनमा देखिएकी थिइन् । बालेन भने कार्यक्रममा सहभागी छैनन् ।

सांसद बनेपछि अनुष्का र रीमालाई बधाईको ओइरो छ ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?