News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद अनुष्का श्रेष्ठले ग्रामीण तथा आदिवासी संगीतमा लगानी गर्न र मौलिक भाषाको संरक्षणका लागि पाँच बुँदे प्रस्ताव प्रधानमन्त्री बालेन शाहसँग राखेकी छन्।
- अनुष्काले रञ्जना लिपि संरक्षणका लागि विश्व भाषा क्याम्पस र भाषा आयोगबीच सहकार्य र आदिवासी परिकार तथा कपडा बुनाइ प्रविधि स्नातक तहको पाठ्यक्रममा समावेश गर्न आग्रह गरिन्।
- उनले काठमाडौं महानगरको आदिवासी परिकार पहल विस्तार गर्न र ५९ आदिवासी जनजाति र १२० भन्दा बढी भाषाहरूको संरक्षणमा आवश्यक कदम चाल्न जोड दिइन्।
काठमाडौं । पूर्वमिस नेपाल समेत रहेकी रास्वपा सांसद अनुष्का श्रेष्ठले ग्रामीण तथा आदिवासी संगीतमा लगानी गर्न प्रस्ताव गरेकी छन् । केही दिनअघि समानुपातिक सांसदहरूसँग प्रधानमन्त्री बालेन शाहसँगको छलफलमा आफूले ५ बुँदे प्रस्ताव राखेको श्रेष्ठले बताएकी छन् ।
बोलीचालीका भाषाको संरक्षण र प्रवर्धनका लागि गीत-संगीत अत्यन्त प्रभावकारी माध्यम रहेको उल्लेख गर्दै अनुष्काले ग्रामीण तथा आदिवासी संगीतमा लगानी गर्दा मौलिक भाषाको संरक्षण हुने बताएकी छन् ।
रञ्जना लिपिको संरक्षण र प्रवर्धनका लागि कल्लीजात्रा जस्ता पहल प्रेरणादायी रहेको बताउँदै अनुष्काले लेखन भाषाको संरक्षणको लागि विश्व भाषा क्याम्पस र पर्यटन मन्त्रालयको भाषा आयोगबीच बलियो सहकार्य हुनुपर्ने समेत प्रस्ताव गरेकी छन् ।
आदिवासी परिकार र कपडा बुनाइ प्रविधिलाई सरकारी विश्वविद्यालयका स्नातक तहका पाठ्यक्रममा समावेश गर्न अनुष्काको आग्रह छ । काठमाडौं महानगरले गरेको आदिवासी परिकारको पहललाई विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
उनी लेख्छिन्, ‘ नेपालका ५९ आदिवासी जनजाति, १२० भन्दा बढी भाषाहरू, साथै मेरो नेवा पहिचानको प्रतिनिधित्व गर्दै, ऐतिहासिक तथा संरचनात्मक विभेदका विषयमा उठाइएका महत्वपूर्ण कुराहरूमा मैले पनि सहमति जनाएँ र त्यसको समाधानका लागि आवश्यक कदमहरूको जोडदार रूपमा उल्लेख गरें ।’
सम्भावनको राजनीति अनुरुप आफूले ती प्रस्ताव प्रधानमन्त्रीसामु राखेको अनुष्काको भनाइ छ । अनुष्काले यसअघि काठमाडौं महानगरमा सल्लाहकारको अनुभव समेत बटुलेकी छन् । प्रधानमन्त्री शाह स्वयम हिप-हप, गीतकार तथा संगीतकार हुन् ।
प्रतिक्रिया 4