News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय सांसद बनेकी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई १२ पूर्वमिस नेपाल र वर्तमान मिस नेपाल लुना लुइँटेलले संयुक्तरुपमा बधाई दिएका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीले आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक प्रणालीतर्फ अनुष्कालाई सांसद बनाएको हो र उनी मिस नेपालबाट पहिलो सांसद हुन्।
- मिस वर्ल्ड संगठनले पनि अनुष्कालाई लगातार बधाई दिइरहेको छ र उनी उद्यमी तथा काठमाडौं महानगरपालिकाको सल्लाहकार रहिसकेकी छन्।
काठमाडौं । संघीय सांसद बनेकी ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठलाई मिस नेपालहरूले संयुक्तरुपमा बधाई तथा शुभकामना दिएका छन् । वर्तमान मिस नेपाल लुना लुइँटेलसहितका १२ पूर्वमिस नेपालहरूले अनुष्कालाई बधाई दिएका हुन् ।
सबैजना मिस नेपाल बुधबार बिहान ज्ञानेश्वरमा जम्मा भएका थिए । प्रतिनिधिसभामा झन्डै दुई तिहाइ सिट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुष्कालाई आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक प्रणालीतर्फ सांसद बनाएको हो । उनी मिस नेपालबाट पहिलो सांसद बन्ने सुन्दरी पनि हुन् ।
सो अवसरमा मिस नेपालको समूहले यसवर्षकी मिस नेपाल लुइँटेललाई समेत बधाई ज्ञापन गरेका थिए । अनुष्का सांसद बनेको र लुना मिस नेपालको खुसियालीमा केक समेत काटिएको थियो ।

सांसद बनेपछि मिस वर्ल्ड संगठनले पनि अनुष्कालाई लगातार बधाई दिइरहेको छ । अनुष्काले मिस वर्ल्डमा ‘ब्यूटी विथ पर्पस’ र ‘मल्टिमिडिया’ अवार्ड जितेकी थिइन् ।
मिस नेपालबाहेक अनुष्का उद्यमी पनि हुन् । साथै, काठमाडौं महानगरपालिकाको सल्लाहकारको अनुभव पनि उनीसँग छ ।
प्रतिक्रिया 4