+
+
Shares

इरान युद्ध नयाँ चरणमा, थप अमेरिकी सेना परिचालन गर्ने ट्रम्पको तयारी

इरान र अमेरिका–इजरायल बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मध्यपूर्वमा हजारौँ थप अमेरिकी सैनिकहरू परिचालन गर्ने विषयमा गम्भीर छलफल सुरु गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरान र अमेरिका–इजरायल बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गर्दा ट्रम्प प्रशासनले मध्यपूर्वमा हजारौँ अमेरिकी सैनिक परिचालन गर्ने विषयमा छलफल सुरु गरेको छ।
  • 'अपरेसन एपिक फ्युरी' लाई सशक्त बनाउन र इरानको रणनीतिक क्षेत्रहरूमा नियन्त्रण कायम गर्न ग्राउण्ड फोर्स पठाउने विकल्प ह्वाइट हाउसले विचार गरिरहेको छ।
  • खार्ग टापु र स्ट्रेट अफ हर्मुजमा तेल ट्याङ्करहरूको आवागमन सुरक्षित गर्न र इरानको उच्च संवर्धित युरेनियम भण्डारलाई सुरक्षित गर्न अमेरिकी विशेष दस्ता परिचालन गर्ने विषयमा छलफल भइरहेको छ।

इरान र अमेरिका–इजरायल बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मध्यपूर्वमा हजारौँ थप अमेरिकी सैनिकहरू परिचालन गर्ने विषयमा गम्भीर छलफल सुरु गरेको छ।

रोयटर्सका अनुसार ‘अपरेसन एपिक फ्युरी’ लाई अझ सशक्त बनाउन र इरानको रणनीतिक क्षेत्रहरूमा नियन्त्रण कायम गर्न ‘ग्राउण्ड फोर्स’ पठाउने विकल्पबारे ह्वाइट हाउसले विचार गरिरहेको हो।

यस सम्भावित सैन्य परिचालनको मुख्य उद्देश्य इरानको ९० प्रतिशत तेल निर्यात हुने ‘खार्ग टापु’ लाई आफ्नो नियन्त्रणमा लिनु र ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने तेल ट्याङ्करहरूको आवागमनलाई सुरक्षित बनाउनु रहेको छ।

सैन्य विज्ञहरूका अनुसार खार्ग टापुलाई नष्ट गर्नुभन्दा त्यसलाई आफ्नो कब्जामा लिनु आर्थिक र रणनीतिक रूपमा बढी फाइदाजनक हुनेछ, यद्यपि यो कार्य निकै जोखिमपूर्ण मानिएको छ।

साथै, इरानको उच्च संवर्धित युरेनियमको भण्डारलाई सुरक्षित गर्न अमेरिकी विशेष दस्ता परिचालन गर्ने विषयमा पनि छलफल भइरहेको छ।

गत फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धमा अमेरिकाले हालसम्म ७ हजार ८ सय भन्दा बढी हवाई आक्रमण गरिसकेको छ, जसमा १२० भन्दा बढी इरानी जलसेनाका जहाजहरू ध्वस्त भएका छन्।

युद्धमा हालसम्म १३ जना अमेरिकी सैनिकले ज्यान गुमाएका छन् भने करिब २०० जना घाइते भएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानमा अमेरिकालाई विदेशी युद्धबाट टाढा राख्ने बाचा गरे तापनि अहिले इरानको ब्यालिस्टिक मिसाइल क्षमता र आणविक हतियारको सम्भावनालाई पूर्ण रूपमा समाप्त पार्न ‘बुट्स अन द ग्राउन्ड’ विकल्पलाई अस्वीकार गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?