+
+
Shares

कम गुणस्तरको दूध बेच्ने सीताराम गोकुल मिल्क्सलाई कारबाही, दूध बिक्रीमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सीताराम गोकुल मिल्क्सको प्रशोधित दूधमा चिल्लो पदार्थको मात्रा कम पाइएपछि बिक्री वितरणमा रोक लगाएको छ।
  • नियमित अनुगमनमा प्रशोधित दूधमा चिल्लो पदार्थको मात्रा १.४ प्रतिशत मात्र पाइएको थियो, जबकि न्यूनतम मापदण्ड ३.० प्रतिशत हुनुपर्छ।
  • विभागले ४९९ क्रेट दूधको बिक्री वितरणमा रोक लगाएको र थप अनुसन्धानका लागि नमुना प्रयोगशालामा पठाइएको जनाएको छ।

३ चैत, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सीताराम गोकुल मिल्क्सले उत्पादन गरेको प्रशोधित दूधमा चिल्लो पदार्थ (फ्याट) को मात्रा तोकिएको मापदण्डभन्दा कम पाइएपछि बिक्री वितरणमा रोक लगाएको छ ।

कीर्तिपुरमा रहेको उक्त डेरी उद्योगले प्रशोधित दूधमा हुनुपर्ने अनिवार्य गुणस्तर कायम नगरेको पाइएकाले कारबाही गरिएको विभागले जानकारी दिएको हो ।

विभागले गरेको नियमित अनुगमनका क्रममा उक्त डेरीले उत्पादन गरेको प्रशोधित दूधको नमूना परीक्षण गर्दा चिल्लो पदार्थको मात्रा १.४ प्रतिशत मात्रै पाइएको थियो । सरकारले तोकेको न्यूनतम अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित दूधमा चिल्लो पदार्थको मात्रा ३.० प्रतिशत हुनुपर्दछ ।

मापदण्डविपरीत कम गुणस्तरको दूध उत्पादन तथा बिक्री वितरण गरेको पाइएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा (३३) बमोजिम बिक्रीका लागि कोल्ड स्टोरमा तयारी अवस्थामा राखिएको ४९९ क्रेट (प्रति क्रेट ५०० मिलिलिटरका २० पोका) दूधको बिक्री वितरणमा रोक लगाएको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन् ।

थप अनुसन्धानका लागि दूधको नमुना संकलन गरी प्रयोगशालामा पठाइएको उनले बताइन् । यस डेरीले उत्पादन गरेको दूधको उत्पादन मिति २०८२–११–०२ र ब्याच नं. २८६६९ रहेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?