+
+
Shares

भेडेटार-रवि-राँके सडक सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते ११:५४

४ चैत, धनकुटा । पहिराका कारण ६ दिनदेखि बन्द रहेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक बुधबारदेखि सञ्चालनमा आएको छ ।

उक्त सडकअन्तर्गत साँगुरीगढी गाउँपालिका ३ नाम्जे नजिक गत शुक्रवार बिहानदेखि पहिरो गएपछि यातायात अबरुद्ध बनेको थियो । करिब तीन सय मिटर क्षेत्रमा पहिरोका कारण थुप्रिएको माटो ढुंगा पन्छाएपछि बुधबार बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

भेडेटार–रवि–राँके सडक निर्माणको जिम्मा लिएका भारतीय कम्पनी एप्को इन्फ्रा टेकले स्काभेटर तथा जेसीभी लगायतका उपकरण सहित नेपाल प्रहरी समेतको प्रयासमा यातायात खुलेको हो । सडकमा धरान तथा धनकुटाबाट चौबिसे क्षेत्र र पाँचथरसम्म नियमित यातायात सञ्चालन हुने गर्दछ । उक्त सडकमा बिहानदेखि गन्तव्यतर्फ यातायात चल्न थालेक छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?