+
+
Shares

आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नेपाली उद्धार गर्छौं : परराष्ट्र सचिव

इजरायल-अमेरिका र इरानबीचको युद्धका कारण मध्यपूर्वी देशमा रहेका नेपालीको उद्धारका लागि सरकार तयार रहेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मध्यपूर्वी देशमा रहेका नेपालीको उद्धार गर्न सरकार सक्षम रहेको बताएका छन्।
  • इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण समस्यामा परेका नेपालीको उद्धारका लागि सबै संयन्त्र परिचालन गरिने सचिव राईले बताए।
  • सचिव राईले आवश्यक परे पानीजहाज भाडामा लिएर पनि उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने तर अहिलेसम्म त्यस स्थिति नआएको उल्लेख गर्नुभयो।

२७ फागुन, काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मध्यपूर्वी देशमा रहेका नेपालीको उद्धार गर्न सरकार सक्षम रहेको बताएका छन् ।

इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण मध्यपूर्वी देशमा रहेका नेपालीको उद्धारका लागि सरकार तयार रहेको बताएका हुन् ।

बुधबार पत्रकार सम्मेलनमा सचिव राईले ती देशमा समस्यामा परेका नेपालीको उद्धारका लागि सबै संयन्त्र परिचालन गरिने बताए ।

मध्यूर्वी तथा खाडी मुलुकमा रहेका १७ लाख २९ हजार नेपालीको उद्धार गर्नुपर्ने अवस्था आए १९ महिना लाग्नेबारे समाचार अनलाइनखबर प्रकाशित भएको थियो ।

उक्त समाचारका विषयमा प्रतिक्रिया दिँदै सचिव राईले आवश्यक परेको खण्डमा पानीजहाज भाडामा लिएर भए पनि उद्धार गर्नुपर्ने बताएका हुन् ।

‘पत्रकार मित्रले १९ महिना लाग्छ कसरी उद्धार गर्छ भन्नुभयो तर नेपालीलाई उद्धार गरेर ल्याउन अन्य विकल्प पनि छन्,’ उनले भने, ‘हामीले पर्‍यो भने अहिलेलाई हामीले त्यो गरेका छैनौं, तर पर्‍यो भने पानीजहाज नै भाडामा लगेर पनि ल्याउनुपर्ने अवस्था हुन्छ, तर त्यस्तो स्थिति आउँदैन भन्ने हाम्रो अहिलेसम्मको विश्लेषण अनुसार ।’

आवश्यक परेको खण्डमा समस्यामा परेका नेपालीको उद्धार गर्र्नैपर्ने बताउँदै त्यसका लागि सरकार तयार रहेको बताए ।

‘उद्धार गर्न सरकार सक्षम छ कि छैन, पर्‍यो भने अरू उपाय छैन, नेपाल सरकारले जुनसुकै हालतमा पनि गर्नैपर्छ,’ उनले भने, ‘त्यसका लागि सरकारले जब पर्छ त्यो बेला सक्षमता देखाउँछ, त्यसमा कुनै दुविधा भएन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?