१६ माघ, काठमाडौं । म्यानमारमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरूमा कार्यरत ४ नेपालीलाई स्वदेश फर्काइएको छ । ४ चार जना नेपालीलाई थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी आज शुक्रबार नेपाल फर्काइएको हो ।
नेपाल फर्काइएका चार जनामध्ये एक जना महोत्तरीका, एक जना नुवाकोटका र दुई जना दाङका हुन् ।
चारै जनाले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । तीमध्ये एक जनाले थाइल्याण्डमै स्नातक तहको अध्ययन गरी होटलमा रिसेप्सनिस्टको रूपमा कार्यरत थिए । उनले धेरै आम्दानीको प्रलोभनमा परी म्यानमार गएको दूतावाससँग बताएका छन् ।
उनीहरूले थाइल्याण्डमा डाटा इन्ट्रि अफिसरको रूपमा काम गर्ने भनेर नेपालबाट ल्याएको भए पनि थाइल्याण्ड आइपुग्नेबित्तिकै जबर्जस्ती म्यानमार पुऱ्याइएको बताएका छन्।

प्रतिक्रिया 4