News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघको सहयोगमा १६ जना नेपालीलाई कम्बोडियाबाट उद्धार गरी नेपाल फर्काएको छ।
- उद्धार गरिएका नेपालीहरू कम्बोडियामा अवैध स्क्यामिङ केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काम गरिरहेका थिए।
- दूतावासले अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको जनाएको छ।
२८ फागुन, काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेर त्यहाँको अवैध स्क्यामिङ केन्द्र, क्यासिनोहरूमा गैरकानुनी काम गरिरहेका १६ जना नेपालीको उद्धार गरिएको छ ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघको सहयोगमा उनीहरूलाई बिहीबार नेपाल फर्काइएको जनाएको छ ।
दूतावासले विज्ञप्ति जारी गरी अलपत्र परेका वा कठिन परिस्थितमा रहेका अन्य नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको पनि जनाएको छ ।
‘कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी यस राजदूतावासलाई प्राप्त भएको छ,’ दूतावासले उल्लेख गरेको छ ।

प्रतिक्रिया 4