+
+
Shares

प्रहरी चारित्रिक प्रमाणपत्रमा दोहोरो व्यवस्था हटाउन यूएईलाई श्रम मन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रममन्त्री रामजी यादव र यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्तामा श्रम सम्झौताका प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सहमति भएको छ।
  • मन्त्री यादवले यूएई जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दुई पटक लिनुपर्ने झन्झटिलो व्यवस्था हटाई श्रमिकलाई सहज वातावरण बनाउन राजदूतसमक्ष आग्रह गर्नुभयो।
  • राजदूत अल शामसीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिइएको जानकारी गराउनुभएको छ भने मन्त्री यादवले त्यसप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

१७ असार, काठमाडौं ।  युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्ता भएको छ।

भेटमा मन्त्री यादवले युएई जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दुई पटक लिनुपर्ने व्यवस्था हटाई श्रमिकलाई सहज हुने वातावरण बनाउन आग्रह गरे ।

मन्त्री यादवले नेपाल–यूएई श्रम सम्झौताअन्तर्गत भएका सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै वैदेशिक रोजगारीको लागत न्यूनीकरण, सिप साझेदारी तथा श्रमिकको स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानलाई व्यवहारमा उतार्नुपर्ने बताए ।

भेटवार्तामा दुवै पक्षले श्रम सम्झौताका प्रावधानहरूको प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्ने सहमति गरेका छन्। यसैबीच, राजदूत अल शामसीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी प्रदान गरिएको जानकारी दिए। उक्त निर्णयप्रति मन्त्री यादवले यूएई सरकारप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरे।

राजदूत अल शामसीले द्विपक्षीय सरोकारका अन्य विषयमा पनि यूएई सरकारसँग आवश्यक समन्वय गरी जानकारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको श्रम मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?