+
+
Shares

एआईबाट गीत तोडमोड गर्ने ९५ युट्युब च्यानलविरुद्ध साइबर ब्यूरोमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १८:१६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार विमल अधिकारीले आफ्ना गीत तोडमोड गरी प्रतिलिपि अधिकार उल्लंघन गर्ने ९५ युट्युब च्यानलविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका छन्।
  • अधिकारीले एआई प्रविधिबाट आफ्ना डेढसय गीत दुरुपयोग भएको भन्दै क्षतिपूर्ति र कानुनी कारबाहीको माग गरेका छन्।
  • विमलको यस अभियानमा वसन्त सापकोटा र शिव हमालसहितका कलाकारले साथ दिएका छन् र उनीहरूले सामूहिक उजुरी दिने तयारी गरेका छन्।

काठमाडौं । एआईबाट आफ्ना मौलिक गीतलाई तोडमोड गरेर पुनरुत्पादन गर्ने तथा प्रतिलिपि अधिकार उल्लंघन गर्ने ९५ युट्युब च्यानलविरुद्ध कलाकार विमल अधिकारीले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

केही दिनअघि उनले दर्ता गराएको उजुरीमा ती युट्युब च्यानलबाट क्षतिपूर्ति पाउनुपर्ने र कार्वाही हुनुपर्ने माग गरेका छन् । आफ्ना डेढसय जति गीतलाई एआईबाट तोडमोड गरेर सोसल मिडियामा हालिएको र अडियो प्लाटफर्ममा आफ्नो नाम दर्ता गरिएको गुनासो उनले गरे ।

‘मेरै आफ्नै ३ गीतमा कपिराइट स्ट्राइक आएका छन्’ विमलले अनलाइनखबरसँग भने, ‘क्षतिपूर्ति र कार्वाहीको माग गरेको छु ।’ आफ्नो यो अभियानमा वसन्त सापकोटा, शिव हमाल लगायतका अन्य कलाकारको साथ रहेको पनि उनले बताए ।

अन्य कलाकारलाई समेटेर सामूहिकरुपमा पनि उजुरी दिने तयारी रहेको उनले बताए । कामको कुरा गर्दा, विमल ‘ए होर माया ७’को म्यूजिक भिडियो छायांकनका लागि मनाङ जाँदैछन् । उनले अहिले ७ वटा तीजको गीतमा काम गरिसकेका छन् ।

गायक हमालले पनि संस्थागतरुपमै प्रतिलिपि अधिकार उल्लंघनविरुद्ध आफूहरू साइबर ब्यूरोमा जाने बताए । पपगायक सुगम पोखरेल र एक्स ब्यान्डका शिव मुखियाले सोसल मिडियाबाट यस्तो कार्यविरुद्ध आफू कानुनी उपचारमा जाने बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?