+
+
Shares

राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले देशभरका वित्तीय ग्राहकको सन्तुष्टि मापन गर्न ठूलो मात्रामा सर्वेक्षण सञ्चालन गर्ने भएको छ ।
  • सर्वेक्षणमार्फत १० हजार ४ सय ५ नमुना संकलन गरी वित्तीय सेवाको पहुँच, गुणस्तर र पारदर्शिताका बारेमा ग्राहकको धारणा बुझिनेछ ।
  • राष्ट्र बैंकले यसबाट प्राप्त नतिजाका आधारमा वित्तीय सेवाको गुणस्तर अभिवृद्धि गर्न नीतिगत सुधार गर्ने अपेक्षा राखेको छ ।

१७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने भएको छ । केन्द्रीय बैंकले देशैभरिका वित्तीय ग्राहकको सन्तुष्टि परिक्षण गर्न लागेको हो ।

सर्वेक्षणमा ७७ वटै जिल्लामा सबै प्रकारका स्थानीय तह समेटी ‘र्यानडम स्याम्पलिङ’ विधिबाट वडा छनोट गरी जम्मा १० हजार ४ सय ५ वटा नमुना संकलन गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यो सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवा लिएका ग्राहकको धारणा र अनुभव संकलन गरिने केन्द्रीय बैंकले जनाएको छ ।

सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुर्‍याउने अपेक्षा केन्द्रीय बैंकको छ ।

सर्वेक्षणमा सहभागिता स्वेच्छिक हुनेछ र सहभागीले आफूलाई असहज लागेका प्रश्नहरूको उत्तर दिनुपर्ने छैन । सर्वेक्षणमा संकलित विवरण तथा जानकारीहरू तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिनेछ र केवल सामुहिक रुपमा तथ्याङ्कीय प्रयोजनको लागि मात्र प्रयोग गरिने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?