News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता विपिन कार्की फिल्म 'मन बिनाको धन २' मा अनुबन्धित हुनुभएको छ।
- टंक बुढाथोकीको निर्देशनमा निर्माण हुने फिल्ममा विपिन र पूजा शर्मा पहिलो पटक सँगै देखिँदै छन्।
- निर्देशक बुढाथोकीले दर्शकले विपिनलाई यस फिल्ममा नयाँ अवतारमा देख्न पाउने बताउनुभयो।
काठमाडौं । चाँडै नै छायांकनमा जान लागेको फिल्म ‘मन बिनाको धन २’ मा अभिनेता विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका अभिनेता कार्कीको प्रवेशले फिल्मको लाइनअप निकै बलियो बनाएको छ ।
यो फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने बिषयमा केही पनि खुलाइएको छैन । टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा वुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ ।
फिल्मको हाल धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ । यो फिल्ममा यसअघि अभिनेता पूजा शर्मा, अभिनेता महेश त्रिपाठी, कलाकार सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन् ।
पूजा र विपिनले पहिलो पटक फिल्मको पर्दामा एकसाथ काम गर्न लागेका हुन् । यसैले पनि दर्शकका लागि पूजा र विपिनको केमेस्ट्री रोचक हुने पक्का छ ।

फिल्म ‘मन बिनाको धन २’ लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो । फिल्ममा विपिनको प्रवेश भएपछि उत्साहित भएका निर्देशक बुढाथोकीले भने- ‘हामीले केही सातादेखि विपिनजीसँग कुराकानी गरिरहेका थियौं । उहाँ कथावस्तुलाई लिएर निकै उत्साहित हुनुभयो । दर्शकले उहाँलाई नयाँ अवतारमा यो फिल्ममा देख्न पाउनेछन् ।’
गतबर्ष रिलिजमा आएको फिल्म ‘मन बिनाकोे धन’ले बक्स अफिसमा करिब ४ करोडको ग्रस कलेक्सन गरेको थियो । यो फिल्मको सफलताले उत्साहित टंकले यसपटक ‘मन विनाको धन २’लाई अझै बलियो बनाउने बताएका छन् ।
प्रतिक्रिया 4