News Summary
Generated by OK AI. Editorially reviewed.- टंक बुढाथोकीले निर्देशन गर्ने फिल्म 'मन बिनाको धन २' मा अभिनेता महेश त्रिपाठी शीर्ष भूमिकामा अनुबन्धित भएका छन्।
- अभिनेत्री पूजा शर्मा यस फिल्ममा अनुबन्धित भइसकेकी छन् र पटकथा शिवम् अधिकारीले लेख्दै छन्।
- फिल्मको निर्माण विष्णुमाया मैनालीले गर्नेछिन् र संगीत टंककै रहनेछ।
काठमाडौं । टंक बुढाथोकीले निर्देशन गर्ने फिल्म ‘मन बिनाको धन २’ को शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् ।
निर्माता समेत रहेका बुढाथोकीसँग त्रिपाठीको लिखित सम्झौता भैसकेको छ । महेशको भूमिका फिल्ममा के हो भन्ने खुलेको छैन । तर, एउटा पारिवारिक र सामाजिक कथामा फिल्म बनाउने तयारी टंकको छ ।
यसअघि यो फिल्ममा अभिनेत्री पूजा शर्मा अनुबन्धित भइसकेकी छिन् । फिल्ममा पूजा र महेशको जोडी बाँधिने हो या होइन भन्ने बिषयमा निर्माताले केही बताएका छैनन् ।
पटकथा तथा संवाद शिवम् अधिकारीको हुनेछ । अहिले, शिवमले धमाधम यो पटकथा लेखिरहेका छन् । संगीत पनि टंककै रहनेछ ।
टंकले फिल्मको सबै पात्रमा नाम चलेका र दर्शकले रुचाएका कलाकारलाई अनुबन्धित गर्ने योजना रहेको सुनाए । टंक बुढाथोकी फिल्मस्को व्यानरमा यो फिल्म बन्न लागेको हो । फिल्मलाई विष्णुमाया मैनालीले निर्माण गर्नेछिन् ।
प्रतिक्रिया 4