+
+
Shares

वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमिति विघटन, विशेष साधारणसभा गर्न निर्देशन 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघको विधानको व्यवस्था अनुसार वर्तमान कार्यसमिति स्वत: विघटन भएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बहुमत पदाधिकारीको राजीनामाका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमिति स्वतः विघटन भएको छ ।
  • संघका अध्यक्ष भुवनसिंह गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दुई तिहाइ पदाधिकारीले राजीनामा दिएका थिए ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रबन्ध समितिलाई विशेष साधारणसभा आह्वान गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

१८ जेठ, काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमिति स्वत: विघटन भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघको विधानको व्यवस्था अनुसार वर्तमान कार्यसमिति स्वत: विघटन भएको र सल्लाहकार समितिले गठन गरेको प्रबन्ध समितिले नै थप प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

प्रशासनले संघलाई ‘निर्देशन सहित पुन: पत्राचार गरिएको’ सम्बन्धमा पत्र लेख्दै कार्यसमितिका बहुमत पदाधिकारीले दिएको राजीनामाका कारण कार्यसमिति भंग भएको जनाएको हो ।

संघ अध्यक्ष भुवनसिंह गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विधान बमोजिम कार्यसमितिका बहुमत पदाधिकारीले राजीनामा दिएका थिए ।

राजीनामापत्रहरू जाँचबुझ गर्दा संघको विधानको दफा २ (९) को पदाधिकारी सम्बन्धी व्याख्या बमोजिम राजीनामा दिने पदाधिकारीको संख्या दुई तिहाइ पुगेको देखिएको थियो ।

सोही आधारमा संघको विधान अनुसार वर्तमान कार्यसमिति स्वत: विघटन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यसमिति विघटन भएपछि संघको विधानमा भएको व्यवस्था अनुसार नै सल्लाहकार समितिको निर्णयबाट ‘प्रबन्ध समिति’ गठन गरिएको थियो । प्रबन्ध समिति गठनको कार्य विधानत: मिलेकै देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले उक्त प्रबन्ध समितिलाई संघको विशेष साधारणसभा आह्वान गरी विधानको व्यवस्था कार्यान्वयन गर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

यसअघि नै सुरु भइसकेको यो प्रक्रियालाई निरन्तर अघि बढाउन र प्रबन्ध समितिले गर्ने कार्य, निर्णय तथा सम्बद्ध विषयमा कार्यालयलाई लिखित रूपमा अद्यावधिक जानकारी गराउन समेत भनिएको छ ।

प्रशासनले यो कार्यप्रक्रियामा कसैले पनि बाधा व्यवधान सिर्जना नगर्न र नगराउन सचेत गराएको छ । यदि कसैले निर्देशन विपरीत कार्य गरेको पाइए तत्काल जिल्ला प्रशासन कार्यालयलाई सूचना दिन समेत पत्रमार्फत अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?