+
+
Shares

‘श्रमाधान कल सेन्टर’ प्रचार गर्न सरोकारवाला निकायलाई अनुरोध

प्रचार-प्रसारका लागि संस्थाहरूले आफ्ना कार्यालय परिसरमा सजिलै देखिने गरी सामग्री राख्नुपर्ने उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार बोर्ड सचिवालयले वैदेशिक रोजगारीसम्बन्धी गुनासा र समस्या तत्काल सम्बोधन गर्न श्रमाधान कल सेन्टर स्थापना गरेको छ।
  • बोर्ड सचिवालयले स्वास्थ्य संस्था, तालिम प्रदायक, म्यानपावर व्यवसायी, बीमा र बैंकलाई कल सेन्टर प्रचार गर्न अनुरोध गरेको छ।
  • कार्यकारी निर्देशक डा. दोरिका उप्रेतीले श्रमिकका समस्या छिटो समाधान गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनुभयो।

२० चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका निकायले स्थापना गरेको ‘श्रमाधान कल सेन्टर’ प्रचार–प्रसार गर्न सम्बन्धित संस्थालाई अनुरोध गरिएको छ ।

वैदेशिक रोजगार बोर्ड सचिवालयले वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासा, समस्या तथा जिज्ञासा तत्काल सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कल सेन्टर प्रभावकारी प्रचार गर्न आग्रह गरेको हो ।

बोर्ड सचिवालयले सूचीकृत स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था, अभिमुखीकरण तालिम प्रदायक संस्था, म्यानपावर व्यवसायी, बोर्डसँग आबद्ध बीमा संस्था तथा बोर्डसँग आबद्ध बैंकलाई श्रमाधान कल सेन्टरबारे प्रचार प्रसार गरिदिन अनुरोध गरेको हो ।

सूचनामा प्रचार–प्रसारका लागि संस्थाहरूले आफ्ना कार्यालय परिसरमा सजिलै देखिने गरी सामग्री राख्नुपर्ने उल्लेख गरिएको छ । यसका लागि स्ट्यान्ड बोर्ड, साइन बोर्ड, फ्लेक्स बोर्ड वा डिजिटल बोर्ड प्रयोग गर्न अनुरोध गरिएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. दोरिका उप्रेतीले श्रमिकका समस्या छिटो समाधान गर्न सबै सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताए ।

मन्त्रालय र मातहत निकायहरूसँग सम्बन्धित जिज्ञासा एवं गुनासो र समस्या तत्काल सम्बोधन गर्न स्थापना गरिएको श्रमाधान कल सेन्टर प्रचारप्रसार तथा समग्र श्रम आप्रवासन चक्र व्यवस्थित, मर्यादित तथा सुरक्षित बनाउन आवश्यक प्रचार प्रसार गर्न अनुरोध गरिएको उप्रेतीले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?