+
+
Shares

नेपालबाट मध्यपूर्वी देश जानेभन्दा फर्कने धेरै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २० फागुनयता मध्यपूर्वका देशहरूबाट ३ हजार ६ सय ४९ यात्रु नेपाल आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २० फागुनयता मध्यपूर्वका देशहरूबाट ३ हजार ६ सय ४९ यात्रु नेपाल आएका छन् भने नेपालबाट २ हजार २८ जना गएका छन्।
  • मध्यपूर्वमा इजरायल र अमेरिकाको आक्रमणपछि द्वन्द्व जारी हुँदा खाडी देशहरूमा हवाई उडान अस्तव्यस्त भएका छन्।
  • फ्लाइ दुबई, एयर अरेबिया, हिमालय एयरलाइन्सले आबुधाबी, सारजहाँ, दुबई लगायत गन्तव्यमा छिटपुट उडान गरिरहेका छन्।

२७ फागुन, काठमाडौं । पछिल्लो एक साता नेपालबाट मध्यपूर्वका विभिन्न देश जानेभन्दा उताबाट फर्कने यात्रु संख्या अधिक देखिएको छ ।

इजरायल र अमेरकिाले केही सातादेखि इरानमा आक्रमण गरेपछि इरानको जवाफी हमलापछि मध्यपूर्वका देशहरूमा द्वन्द्व जारी छ । खाडी देशहरूमा तनाव हुँदा हवाई उडान अस्तव्यस्त भएको छ । जसका कारण लाखौं यात्रु गन्तव्य पुग्न र स्वदेश फर्किन पाएका छैनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २० फागुनयता मध्यपूर्वका देशहरूबाट ३ हजार ६ सय ४९ यात्रु नेपाल आएका छन् । नेपालबाट भने २ हजार २८ जना गएका छन् ।

यसबीच फ्लाइ दुबई, एयर अरेबिया, हिमालय एयरलाइन्स सहित वायुसेवा कम्पनीले आबुधाबी, सारजहाँ, दुबई लगायत गन्तव्यमा  छिटपुट उडान गरिरहेका छन् ।

यस अवधिमा कुल २३ उडान भएको विमानस्थल कार्यालयको तथ्यांक छ । अर्कातर्फ, ती देशमा द्वन्द्व चर्किएपछि दैनिक डेढ दर्जन उडान रद्द भइरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?