+
+
Shares

वैदेशिक रोजगारीमा गएका श्रमिकका ३३ सय बढी सन्तानलाई छात्रवृत्ति

हालसम्म देशभरिका कुल ३ हजार ३ सय ६३  विद्यार्थी छात्रवृत्ति प्राप्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार बोर्डले एक वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु वा अशक्त भएका श्रमिकका ३ हजार ३ सय ६३ सन्तानलाई छात्रवृत्ति प्रदान गरेको छ ।
  • छात्रवृत्ति पाउनेहरूमा १ हजार ७ सय ८१ छात्र र १ हजार ५ सय ८२ छात्रा रहेका छन् ।
  • लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी ७ सय ७८ विद्यार्थीले छात्रवृत्ति पाएका छन् भने सुदूरपश्चिम प्रदेशबाट ८५ विद्यार्थी छनोटमा परेका छन् ।

२६ असार, काठमाडौं । एक वर्ष अवधिमा वैदेशिक रोजगारीमा गएका श्रमिकका ३ हजारभन्दा बढी सन्तानलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

वैदेशिक रोजगार बोर्ड अन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीले आर्थिक वर्ष २०८२/८३ का लागि वैदेशिक रोजगारीमा गएका मृत्यु/अशक्त श्रमिकका छोराछोरीलाई प्रदान गरिने छात्रवृत्तिको विवरण उपलब्ध गराएको छ ।

विवरण अनुसार हालसम्म देशभरिका कुल ३ हजार ३ सय ६३  विद्यार्थी छात्रवृत्ति प्राप्त गरेका छन् ।

प्राप्त विवरण अनुसार छात्रवृत्ति पाउने कुल विद्यार्थीमध्ये १ हजार ७ सय ८१ जना छात्र र १ हजार ५ सय ८२ जना छात्रा छन् ।

प्रदेशगत हेर्दा सबैभन्दा बढी विद्यार्थी लुम्बिनी प्रदेशबाट छन्, जहाँ ७ सय ७८ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । यसैगरी कोशीबाट ७ सय ३७, मधेस ७ सय १३ र गण्डकीबाट ५ सय ३१ विद्यार्थी  समेटिएका छन् ।

बागमतीमा ३ सय ८१ विद्यार्थीले छात्रवृत्ति पाएका छन् भने कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा कम छ । विवरण अनुसार कर्णालीबाट १ सय ३८ र सुदूरपश्चिमबाट ८५ विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन् ।

वैदेशिक रोजगार बोर्डमा प्राप्त हुन आएका छात्रवृत्तिका निवेदनमाथि बोर्डले आवश्यक कागजातको मापदण्डका आधारमा छनोट गरे बमोजिम छात्रवृत्ति वितरण गरिएको छ ।

मृत्यु/अशक्त भएका श्रमिकका छोराछोरीलाई शिक्षामा राहत पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम बोर्डले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?