+
+
Shares

मानव-वन्यजन्तु द्वन्द्वपीडित बालबालिकालाई जनही १० हजारको छात्रवृत्ति प्रदान

यस वर्ष छात्रवृत्ति प्राप्त गर्ने ९ विद्यार्थीमध्ये ४ जनाले अघिल्लो वर्षको निरन्तरता स्वरूप उक्त सहयोग पाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते ११:५५

९ असार, काठमाडौं । मानव-वन्यजन्तु द्वन्द्वमा परी अभिभावक गुमाएका परिवारका विद्यार्थीलाई शैक्षिक सहयोग स्वरूप छात्रवृत्ति प्रदान गरिएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रिय निकुञ्ज कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रभावित परिवारका ९ छात्रछात्रालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरेकी हुन् ।

विभिन्न समयमा बाघ, भालु, गैँडा तथा हात्ती लगायत जंगली जनावरको आक्रमणमा परी अभिभावक गुमाएका कक्षा १ देखि १२ सम्म अध्ययनरत बालबालिकालाई लक्षित गर्दै यो आर्थिक सहयोग प्रदान गरिएको हो ।

यस वर्ष छात्रवृत्ति प्राप्त गर्ने ९ विद्यार्थीमध्ये ४ जनाले अघिल्लो वर्षको निरन्तरता स्वरूप उक्त सहयोग पाएका हुन् ।

राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा सञ्चालित यस कार्यक्रम अन्तर्गत निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रका बालबालिका लाभान्वित भएका छन् ।

छात्रवृत्ति पाउनेमा पौपाण्डव, बघौडा, रैवा, बुढीराप्ती, मेघौली, केरुङ्गा र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति तथा मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति क्षेत्रका अतिविपन्न परिवारका विद्यार्थी छन् ।

वन्यजन्तुको उच्च जोखिम मोलेर पनि प्रकृति संरक्षणमा योगदान पुर्‍याउँदै आएका समुदायलाई सघाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको निकुञ्जले जनाएको छ ।

छात्रवृत्ति वितरण कार्यक्रममा मन्त्री चौधरीले आर्थिक रूपमा कमजोर र वन्यजन्तुको आक्रमणबाट पीडित बनेका परिवारका बालबालिकाको शिक्षामा यस सहयोगले महत्त्वपूर्ण राहत मिल्ने बताइन् ।

मध्यवर्ती क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्याप्रति सरकार गम्भीर र संवेदनशील रहेको मन्त्री चौधरीको भनाइ थियो ।

‘मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्न तथा प्रभावित परिवारलाई उचित राहत र क्षतिपूर्ति दिलाउन सरकार निरन्तर लागिपरेको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?